आगलागीमा सात आप्रवासीको मृत्यु

आगलागीमा सात आप्रवासीको मृत्यु

मस्कोः पश्चिम साइबेरियामा शनिबार भएको एक आगलागीमा परी निर्माणाधिन काममा कार्यरत ताजकिस्तानबाट आएका सात आप्रवासी कामदारको मृत्यु भएको छ ।

कामदार सुतिरहेको एक भवनमा आगलागी भएको अधिकारीहरुले जानकारी दिएका छन् । आगलागीको कारण स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ अस्पतालमा भर्ना गरिएका सात व्यक्तिको मृत्यु भएको थियो ।

यस आगलागीमा मारिएका सवै ताजिकिस्तानी नागरिक भएका बताइएको छ ।

गत जनवरीमा पनि मस्कोमा घरको छाना भत्किँदा मध्य एसियाबाट आएका कम्तीमा १२ आप्रवासीको मृत्यु भएको थियो । मारिएका ती आप्रवासीहरुमा तीन बालबालिका पनि रहेका थिए ।

गत अगस्तमा पनि रङ्गका सामानहरुको गोदामघरमा भएको आगलागीमा कम्ती १६ व्यक्तिको मृत्यु भएको थियो । किर्गिजिस्तानबाट आएका ती आप्रवासीहरुमा प्राय महिला कामदार रहेका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.