'२५ हजारसम्म भारु नोट हुने ढुक्क भए हुन्छ'

'२५ हजारसम्म भारु नोट हुने ढुक्क भए हुन्छ'

काठमाडौं: भारतमा ५ सय र १ हजार नोट प्रतिबन्धित गरिएपछि यस्ता नोट रहेका नेपालीमा चिन्ता गहिरिएपनि वैध भारु साटिनेमा ढुक्क भए हुने सम्बद्धहरुले बताएका छन । नोट प्रतिबन्धका कारण यहाँको अर्थतन्त्रमा खासै नकारात्मक प्रभाव नपर्ने बरु फाइदा हुन सक्ने तिनको भनाईं छ ।

भारतको केन्द्रीय बैंक (आरबिआई) ले नेपाली नागरिकलाई २५ हजार भारुसम्म सटही सुविधा दिएको छ । आफैले सुविधा दिइसकेकाले आरबिआईले साट्दैनौ भन्न मिल्ने अवस्था छैन । मापदण्ड बनाई त्यस्ता नोट साटिनेमा विश्वस्त रहेको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक वासुदेव अधिकारीले अन्नपूर्ण पोष्ट राउण्ड टेबलमा बताए । 'सिमाभित्र रहेर राखिएका नोट धत भारु साट्ने व्यवस्था मिलाउँदै छौं', उनले भने, ' नोट साटिन्छ ढुक्क भए हुन्छ ।' तत्काल सटही सुविधा दिँदा भारतीयले दुरुपयोग गर्न सक्ने भएकाले नियन्त्रणका उपकरण फाइनल गर्न भारतीय पक्षले केही समय लिन सक्ने उनले बताए ।

उनका अनुसार सो परिमाणभन्दा बढी नोट मौज्दात राख्नु अवैध हो, जसको जिम्मेवारी राष्ट्र बैंकले लिनसक्तैन । तैपनि सिमाभन्दा बढी भारु जम्मा हुने वैध कारण/ श्रोत स्रोत खुलाउन सके साटिन सक्छ । सर्वसाधारणसँग थोरै थोरै परिमाणमा मौज्दात रहेका र वैध रुपमा थन्किएका भारतीय रुपैयाँ सट्ही गराउन नेपाल राष्ट्र बैंक विभिन्न चरणमा भारतीय समकक्षीसँग छलफल, सहकार्यमा रहेको उनले जनाए । २०७१ फागुनदेखि नेपालमा पाँच सय र हजार दरका भारु चलनचल्तीमा आएका हुन् ।

नोट प्रतिबन्धले नेपालको अर्थतन्त्रमा खासै नकारात्मक प्रभाव नदेखिने नेपाल बैंकर्स एसोसिएसनका भाइस प्रेसिडेण्ट ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । बरु भारुको अवैध सञ्चिती, कालोबजार आदि कम हुने उनको विश्वास छ । यसबाट बैंकिङ प्रणालीमा आउनेको संख्या बढ्ने उनले बताए । उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारका न्यून बिजकीकरण कम गर्न यसले सघाउने विश्वास व्यक्त गर्छन ।

न्यून बिजकीकरण गर्ने व्यवसायीले ठूलो परिमाणमा भारु सञ्चित गरी बैंकबाट पठाएको रकममा अपुग जति हुण्डीमार्फत पठाउथे । तैपनि नेपालमा भारुको आर्जनचाहिँ घट्न सक्ने उनले बताए । 'ब्ल्याक मनी' भएका भारतीयले पर्यटकको रुपमा यहाँ आएर मनग्गे खर्च गर्थे । यसरी खर्च गर्ने प्रवृत्ति घट्न सक्छ ।

भारु प्रतिबन्धका सकारात्मक असरहरुः
-औपचारिक व्यापार बढ्ने
-न्यूनवीजकीकरणको समस्या हल हुने
-दुई नक्बरीका सामानहरु नआउने
-विदेशी रुपैयाँ होल्ड गरेर राख्न नहुने, राखेमा रिक्स वेहोर्नु पर्ने
-एटीएम, डेविट तथा क्रेडिट कार्ड, ई-बैकिङ सेवालगायतका बैकिङ उपकरणहरुको प्रयोग बढ्ने र नगद कारोबार घट्ने
-अनौपचारिक अर्थतन्त्र घट्दै जाने


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.