सुरुङ खन्ने क्रममा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु
म्याग्दी: म्याग्दीमा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु भएको छ।
नारच्याङ– १ मा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनामा कार्यरत पाल्पा खालिवन– ५ का ५० वर्षीय भीमबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सुरुङ खन्ने क्रममा विस्फोट गराएपछि सफा गर्ने क्रममा अचानक खसेको ढुङ्गाले राईको टाउकामा चोट लागेकामा बेनीस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको थियो। रासस