उपेन्द्र यादवले भनेः फेरि आन्दोलनका लागि तयार हुनुहोस्

उपेन्द्र यादवले भनेः फेरि आन्दोलनका लागि तयार हुनुहोस्

वीरगन्जः संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनका लागि तयार रहन मधेसी जनतासंग आग्रह गरेका छन् ।

पर्साको पोखरीयामा आइतबार फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सरकारले गर्न लागेको संविधान संशोधनले मधेसका माग सम्बोधन हुने सम्भावना नदेखिएकाले फेरि आन्दोलन सुरु हुने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसका मुद्दाका सवालमा छेपाराले रङ फेरेको जस्तै पटक–पटक आफ्नो बोली र वचन फेर्दै आएको भन्दै फोरम नेपालका अध्यक्ष यादवले अहिलेको सरकारबाट मधेसीको माग पुरा हुने सम्भावना नदेखिएकाले आन्दोलनको तयारीमा आफूहरु लागि सकेको बताए ।

‘अहिले सरकारले गर्न लागेको संविधान संशोधनले मधेसका माग सम्बोधन हुने छाटकाट नै देखिएको छैन,’ यादवले भने, ‘अबको आन्दोलन मधेसमा मात्र नभइ हिमाल र पहाडमा पनि हुनेछ ।’

अबको आन्दोलनले मधेसी, जनजाति, दलित सबैको अधिकार लिएर मात्र छोड्ने चेतावनी दिए । उनले थपे ‘अबको आन्दोलन आन्दोलनकारीले कुटाइ मात्र खाने किसिमले हुँदैन, आवश्यक परे आन्दोलनकारीले पनि कुट्छन् ।’

संविधान संशोधन गरेर मधेसी आदिवासी जनजाति दलितलगायत सीमान्तकृत समुदायको माग संविधानमा सुनिश्चित नगरिएसम्म मुलुकमा कुनै पनि चुनाव हुन नदिने चेतावनी उनले दिए । ‘मधेसीको माग संविधानमा सम्बोधन नभएसम्म कुनै पनि चुनाव हुँदैन कसैले जबरजस्ती गरिए प्रतिकार हुन्छ,’ अध्यक्ष यादवले भने ।

मधेसी मोर्चासंगको सहमतिमा संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्न सरकारलाई आफूहरुले १५ दिनको अल्टिमेटम सहितको ज्ञापन पत्र सरकारलाइ बुुझाइसकेको भन्दै अध्यक्ष यादवले भने, ‘तर प्रचण्डको रवैया हेर्दा विश्वास गर्ने अवस्था छैन ।’

कार्यक्रमलाई फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु राउ, केन्द्रिय सदस्य वीरेन्द्र यादव, जिल्ला अध्यक्ष प्रदीप यादव, पुर्वराज्यमन्त्री करिमा बेगम लगायतकाले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.