प्रधानसेनापति क्षेत्री स्वदेश फिर्ता

प्रधानसेनापति क्षेत्री स्वदेश फिर्ता

काठमाडौँः प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र बङ्गलादेशको छ दिनको औपचारिक भ्रमण पुरा गरी आज स्वदेश फर्किएका छन् ।

उनलाई बलाधिकृत रथी वलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । बङ्गलादेशका सेना प्रमुखको औपचारिक निमन्त्रणामा प्रधानसेनापति क्षत्री गत कात्तिक ३० गते गएका थिए ।

भ्रमणको क्रममा उनले बङ्गलादेशका राष्ट्रपति, सेना प्रमुखलगायत अन्य विशिष्ट व्यक्तिसँग भेटघाट गरेका थिए ।

उनले बङ्गलादेश नेशनल डिफेन्स कलेज तथा अन्य सैनिक फर्मेसन तथा संरचनाको समेत भ्रमण गर्नुभएको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

यस किसिमको सैनिक नेतृत्वको भ्रमणले दुई देश बिचको सैनिक सम्बन्धलाई अझ सुमधुर, प्रगाढ एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने निर्देशनालयले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.