हजार भारु हजार नेरुमा साट्दै

हजार भारु हजार नेरुमा साट्दै

मंगलसेन: भारत सरकारले पाँच सय र हजारदरका भारु नोटको कारोबारमा प्रतिबन्ध लगाएपछि दैनिक जीवनयापन गर्न भारु नोट पनि समानदरका नेपाली नोटमा साट्न यहाँका वासिन्दा बाध्य भएका छन् । हातमा भारु पाँच सय र एक हजारका नोट भए पनि बजारमा कसैले नसाटेपछि पाँच सय भारुको पाँच सय नेपाली र एक हजार भारुको एकै हजार नेपालीमा साट्न थालिएको छ ।

आफ्नो तत्कालको समस्या समाधान गर्न पाँच सय भारुमा तीन सय नेपाली र एक हजार भारुमा ६ सय नेपाली रुपैयाँ घाटा खाएर भए पनि साट्न थालिएको हो । यहाँका अधिकांश पुरुष भारतमा रोजगारी गरिरहेकाले त्यहाँबाट आउने भारतीय रुपैयाँले नै ग्रामीण अर्थतन्त्र धानिरहेको बेला भारत सरकारको यस्तो निर्णयले सर्वसाधारणदेखि ठूलाठूला व्यापारीमा समेत असर परेको हो ।

सदरमुकाम मंगलसैन, व्यापारिक केन्द्र साँफेबगर, कमलबजार, विनायकलगायतका बजारमा केही व्यापारीले भारु नोट बराबरको नेपाली रुपैयाँ दिएर भारु नोट संकलन गरिरहेका छन् । मंगलसैनका एक व्यापारीले केही व्यक्ति समस्या परेर भारु बराबरकै नेपाली रुपैयाँ भए पनि दिन भरेर साट्न आउने गरेको बताए । ती व्यापारीले आफूकहाँ दैनिक १०-१५ त्यसरी आउने गरेको सुनाए ।

हातमा भारु पैसा भएर पनि काम नचल्दा सदरमुकाममा थुप्रै मानिस समस्या परेको देखिन्छ । कांग्रेस अछामका कोषाध्यक्ष झंकरबहादुर साउदले आफूसँग भारु नोट मात्र भएकाले सदरमुकाममा सारै समस्या भोग्नु परेको सुनाए ।

आफूसँग नेपाली नोट नहुँदा सापटी मागेर काम चलाउनु परेको उनको भनाइ छ । विषेशगरी घरको कुनै सदस्य भारतमा नोकरी गर्नेका परिवारलाई खर्च चलाउन समस्या भइरहेको छ ।

यस्तै व्यापारीलाई पनि भारु पाँच सय र एक हजारको नोट नचल्दा कारोबार गर्न समस्या भोग्नु परेको छ । गाउँबाट प्राय व्यापारीले भारु नोट बढी ल्याउने भएकाले सामान खरिदबिक्री गर्न समस्या भएको मंगलसैनका व्यापारी देवराज उपाध्यायले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.