सेयर बजारमा पहिरो

सेयर बजारमा पहिरो

काठमाडौः सेयर बजारमा आइतबार उच्च अंकले गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ३.५३ प्रतिशत अर्थात ५८ दशमलब ४६ अंकले घटेको छ । सेयर बजारमा आएको यो गिरावट धितोपत्र बजारका लागि एक प्रकारको पहिरो भएको विश्लेषकहरूले बताएका छन् । साताको पहिलो दिन एक हजार ६ सय १५ को टेवा विन्दुलाई छोडर पछि धकेलिएको सेयर बजार एक ५ सय ९९ विन्दुमा झरेको छ ।

सेयर परिसूचक घटे पनि कारोबार रकम भने सामान्य अवस्थामै छ । सेयर बजार ओरालो लागेका दिन आइतबार एक अर्ब २४ करोड रुपैयाँको कारोबार भएको छ भने कुल बजार पुँजीकरण १७ खर्ब ७९ अर्ब पुगेको छ ।

आइतबार कारोबारमा आएका सबै समूहको परिसूचक ओरालो लागेपछि समग्र नेप्से परिसूचक घटेको हो । यस दिनको कारोबारमा बिमा र जलविद्युत् समूहको परिसूचक उच्चदरले घटेको छ । बिमाको नेप्से परिसूचक चार दशमलव ६४ प्रतिशत अर्थात चार सय दशमलव ६७ अंकले घटेको छ । जलविद्युत् क्षेत्रको नेप्से परिसूचक चार दशमलव शून्य आठ प्रतिशतले अर्थात ८६ दशमलव शून्य सात अंकले घटेको छ ।

गत साता बिहीबार बजार बन्द हुँदा चार प्रतिशले गिरावट आएका कारण आइतबार पनि धितोपत्र बजार ओरालो लाग्ने अनुमान लगानीकर्ता र सेयर ब्रोकरले गरेका थिए । उनीहरूको अनुमान बजारले सही सावित गरेको छ । आइतबार सुरु देखिनै घट्यो ।

घट्दो क्रममा रहेको बजारमा लगानी कर्ताले थोरै नाफा लिएर भए पनि धमाधम सेयर बिक्री गर्न थाले । यस कारण परिसूचक घटेपछि कारोबार भने ४० देखि ५० करोडको थियो । ‘सर्किट बे्रक लागेर खुलेपछिको बजारमा परिवर्तन आई बजार एक्कासी उकालो लाग्न थाल्यो । ‘धेरै लगानीकर्ता घटेको मूल्यमा सेयर किन्ने प्रतीक्षामा थिए,’ ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अञ्जनराज पौडेल भने, ‘बजार पुन सम्हालियो ।’ बजार घटेपछि बैंकले मार्जिन कल गर्ने डरले सेयर बजारमा बिक्रीको चाप भने देखिएको छ ।

सेयर बजारका धेरैजसो लगानीकर्ता व्यवसाय गर्ने भएकाले पनि अहिले भारु होल्ड भएको अवस्थामा बजारमा लगानी आउन नसकेको सेयर विश्लेषक बताउँछन् । उनीहरूका अनुसार बजारमा अहिले नयाँ म्युचुअल फन्ड आउन लागेको र पुरानाले लगानी बिक्री गरिसकेको अवस्था भएकाले पनि नेप्से बजार करेक्सनमा देखिएको हो । नबिल, एनएमबी र नेपाल इन्भेस्टमेन्ट बैंकले बजारमा नयाँ म्युचुअल फन्ड ल्याउने तयारी गरिरहेका छन् ।

यसका साथै असार मसान्तसम्म आठ अर्ब चुक्ता पुँजी पुर्याउन बैंकहरूलाई दवाव परेको छ । इन्स्योरेन्स र बैंक मुख्य लगानीका क्षेत्र भए पनि यी दुवैको नेप्से परिसूचक उच्च अंकमा घटेको छ ।

बजारमा तरलता देखिन छाडेपछि ब्याजदर बढेको छ र बढेको ब्याजदरमा लगानी गर्न लगानीकर्ताले ऋण लिन चाहिरहेका छैनन । आइतबार होटेल समूहको परिसूचक १.६६ प्रतिशत, वित्त कम्पनीको परिसूचक ३.८६ प्रतिशत, बैंकिङको ३.८ प्रतिशत, विकास बैंक ३.१ प्रतिशतले घटेको छ ।

साथै, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ९ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव ५८ प्रतिशतले घटेको हो । बजार ’पिक’ मा पुगेका बेला छिरेका लगानीकर्ता बजार बियरिस ट्रेनमा देखिँदा आत्तिएर सेयर बेच्न थाल्दा बजारमा ठूलो गिरावट आएको विज्ञको भनाइ छ । तर, अहिले सेयर बिक्री गर्ने समय नभइ सेयरमा लगानी गर्ने समय भएको विश्लेषकको सुझाव छ ।

बजार घट्नुका प्रमुख कारण
–बजारमा तरलता अभावका कारण लगानीकर्ता डाइर्भट हुनु
–बैंकमा निक्षेपको ब्याजदर बढ्नु
–लगानीकर्तामा बैंकले मार्जिन कल गर्ने डर
बैंक तथा इन्स्योरेन्सको पुँजी वृद्धि योजना
हकप्रद सेयरमा लगानी होल्ड हुनु
भारु प्रतिबन्धको असर
लगानीकर्ताको मनोबल कमजोर हुनु


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.