राप्रपा र राप्रपा नेपालबीच एकीकरण, जबरा राष्ट्रिय अध्यक्ष र थापा पार्टी अध्यक्ष
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एक भएका छन्। कमलादीस्थित प्रज्ञा भवनमा विशेष कार्यक्रममा एकता घोषणापत्रमा दुवै पार्टीका अध्यक्षहरुले हस्ताक्षर गरेका हुन्।
एकीकृत पार्टीको नाम राप्रपा राखिएको छ। पार्टी एकीकरण घोषणासँगै पशुपति शम्शेर जबरा राप्रपाको राष्ट्रिय अध्यक्ष बनेका छन् भने कमल थापा पार्टी अध्यक्ष भए।
पार्टीको झन्डा राप्रपा नेपालको हुने र चुनाव चिन्ह भने महाधिवेशनले तय गर्ने छ । महाधिवेशन तीन महिनाभित्रमा सम्पन्न गर्ने दुई दलबीच सहमति भएको । पार्टी एकीकरणपछि राप्रपा नेपालको चौथो ठूलो दल बनेको छ।
दुई पार्टीबीचको एकता घोषणासभालाई ऐहिासिक तथा अविस्मरणीय बनाउने दुवै दलले निर्णय गरेका छन्। समान विचारधारा बोकेका राजनीतिक दलहरुसँग सहकार्य र एकता गर्ने पार्टीको नीति अनुरुप राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीवीच एकीकरण भएको हो।