क्रिकेटर युवराज सिंहका सौतेला भाइबहिनी
एजेन्सीः क्रिकेटर युवराज सिंहकी आमा शवनम सिंह तथा पिता योगराज सिंहबीच धेरै वर्ष अघि सम्बन्ध विच्छेद भइसकेको छ ।
युवराज सानै हुँदा दुईबीचको सम्बन्धमा दरार उत्पन्न भएपछि सम्बन्धविच्छेद भएको हो ।
युवराजकी आमा शवनमसँग छुट्टिएपछि पिता योगराजले दोस्रो बिहे गरे । दोस्री पत्नीबाट योगराजका दुई सन्तान छन् । एक छोरा र एक छोरी ।
आमाबाबुबीचको सम्बन्ध जस्तो अवस्थामा रहेपनि युवराज भने आफ्ना सौतेला भाइबहिनीसँग नजिक छन् । भाइ विक्टर तथा बहिनी अमरजीत कौर उनीहरु दुवैसँग युवराजको नजिकको सम्बन्ध छ ।
युवराजका आफ्नै भाइ जोरवरसँगको सम्बन्धजस्तै आफ्नो सौतेला भाइबहिनीसँगको सम्बन्ध रहेको उनी बताउँछन् । एजेन्सी