संविधान संशोधनबारे बेलुका बालुवाटारमा निर्णायक शीर्ष वार्ता

संविधान संशोधनबारे बेलुका बालुवाटारमा निर्णायक शीर्ष वार्ता

काठमाडौं : मधेसलाई सम्बोधन गर्न संविधान संशोधनका विषयमा मुख्य दलका शीर्ष नेताहरुबीच सोमबार बेलुका निर्णायक वार्ता हुने भएको छ। संविधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख तीन दलको शीर्ष बैठक बोलाएका हुन्।

बैठकमा तीनै दलका शीर्ष नेताहरु सहभागी हुनेछन् । बेलुकाका छलफल र सहमतिका आधारमा मधेसी दलहरुसँग अनौपचारिक कुराकानी गरेर विधेयक दर्ता गराउने तयारीमा सरकार छ ।संविधान संशोधनमा सहमति जुटाउने उद्देश्यले बैठक डाकिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनाल (बलदेव) ले अन्नपूर्ण अनलाइनसँग बताए।

माओवादी केन्द्रको सोमबार बिहान बसेको केन्द्रीय समितिको बैठकले संविधान संशोधनका बारेमा निर्णय लिने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । प्रधानमन्त्रीले छठपछि लगत्तै संविधान संशोधन विधेयक दर्ता गर्ने प्रतिवद्धता व्यक्त गरे पनि नागरिकतालगायतका विषयमा मुख्य दलहरुबीच देखिएको विवादका कारण अहिलेसम्म विधेयकको मस्यौदाले अन्तिम रुप पाउन सकेको छैन ।

संविधान संशोधनका लागि दुई तिहाइ आवश्यक पर्ने भएकोले एमालेको सहमति र सहयोगबिना विधेयक पारित गर्न संभव नभएकोले पनि सरकार पक्ष एमालेलाई समेत विश्वासमा लिएर विधेयक दर्ता गराउने गृहकार्यमा जुटेको हो ।

पटकपटक प्रतिवद्धता व्यक्त गरे पनि विधेयक दर्ता नभएपछि मधेसी मोर्चासहितको गठबन्धनले १५ दिनको अल्टिमेटम दिदै संविधान संशोधन नभए फेरि सडकमा आउने चेतावनी दिएको छ । मधेसी दलहरुको यो चेतावनी र दबाबपछि सरकारले संविधान संशोधनको गृहकार्यलाई तीव्रता दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.