संविधान संशोधनमा सहमति जुटाउने जिम्मा प्रचण्डलार्इ

संविधान संशोधनमा सहमति जुटाउने जिम्मा प्रचण्डलार्इ

काठमाडौं: नेकपा माओवादी केन्द्रले संविधान संशोधनको विषयमा प्रमुख दलसँग सहमति जुटाउनका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई नै जिम्मा दिएको छ ।

पार्टी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले असन्तुष्ट पक्षको माग सम्बोधन गरी संविधानको सर्वस्वीकार्यता बढाउने विषयमा आवश्यक पहल गर्न प्रधानमन्त्रीलाई नै जिम्मा दिइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

बैठकमा पार्टीको आन्तरिक सङ्गठनात्मक संरचना र संविधान संशोधनका विषयमा केन्द्रित रहेर छलफल भएको र प्रमुख दलको शीर्ष बैठकमा आवश्यक निर्णय गर्नसमेत प्रधानमन्त्रीलाई नै जिम्मेवारी दिइएको प्रवक्ता भुसालको भनाइ छ ।

साथै पार्टीको आन्तरिक सङ्गठनलगायतका विषयमा आवश्यक निर्णय लिन यही मङ्सिर ११ गते पार्टीको पोलिटब्युरो बैठकको आयोजना गरिने भएको छ।

बैठकमा मधेस केन्द्रित दललाई सहमतिमा ल्याउन भइरहेको पहल, प्रमुख तीन राजनीतिक दलको बीचमा भइरहेको छलफल तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा नेताहरुले सामान्य धारणा राखेका थिए।

नेताहरुको धारणा सुनेपछि प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष दाहालले प्रमुख तीन दलको शीर्ष नेताको बैठक बस्ने र संविधान संशोधनलगायतका विषयमा छलफल हुने जानकारी गराएका थिए।

प्रधानमन्त्री दाहालले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएका छन्। मधेस केन्द्रित दलले संविधान संशोधनलगायतका विषयलाई अगाडि बढाउन १५ दिनको समयसीमा दिएको सन्दर्भमा सोमबारको बैठक महत्वपूर्ण हुने बताइएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.