सांसद धनराज गुरुङले वृद्धि भएको तलब-भत्ता भूकम्पपीडितलाई दिने

सांसद धनराज गुरुङले वृद्धि भएको तलब-भत्ता भूकम्पपीडितलाई दिने

काठमाडौंः नेपाली कांग्रेसका सांसद धनराज गुरुङले वृद्धि भएको तलब भत्ता र सुविधावापतको रकम भूकम्प पीडितलाई दिने भएका छन्।

उनले वृद्धि तलब भत्ता र सुविधावापतको रकम भूकम्प पीडित राहत कोषमा जम्मा हुने व्यवस्था मिलाइ दिन भन्दै सोमबार व्यवस्थापिका संसद सचिवालय सिंहदरबारमा निवेदन दिएका छन्।

सांसदको तलब भत्ता बढाउन नहुने लविङ गर्दै आएका कांग्रेस केन्द्रीय सदस्य समेत रहेका सांसद गुरुङले साविक पारिश्रमिक, भत्ता र सुविधा बाहेक बृद्धि भएको रकम गत वषै बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्प पीडित जनताहरुको राहतको लागि स्थापन गरिएको भूकम्प पीडित राहत कोषमा जम्मा गरिदिन संसद सचिवालयलाई आग्रह गरेका हुन्।

यसअघि आइतबार बसेको संसद बैठकले सांसद पदाधिकारी एवम् सदस्यको साउन महिनादेखि लागू हुने गरी पारिश्रमिक, भत्ता एवम् सुविधा रकम बृद्धि गर्ने सम्बन्धि विधेयक पारित गरेको थियो।

पुनर्निर्माणका काम अघि नबढिरहेको र भूकम्प पीडितहरुले अझै पनि राज्यद्वारा घोषित राहत पाउन नसकेको भन्दै सांसद गुरुङले आफ्नो तलबभत्ता आफैले वृद्धि गर्नु संसदीय अभ्यास विपरित रहेको समेत उल्लेख गरेका छन्।

संसद सचिवालयमा दर्ता गराएको निवेदन:

samsad-dhanraj-gurung


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.