‘हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्नुपर्छ

‘हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्नुपर्छ

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबराले अाफ्नो पार्टी धर्म निरपेक्षताको  विपक्षमा रहेको भन्दै हिन्दु राष्ट्र कायम गर्न पहल गर्ने बताएका छन्। पार्टी एकता सभालार्इ सम्बोधन गर्दै उनले हिन्दु राष्ट्र कि धर्म निरपेक्षता भन्ने बहस नगरी आँट भए जनमत संग्रह गर्न चुनौती पनि दिए। 

धर्म निरपेक्षताका पक्षपातीलार्इ चुनौती दिँदै उनले भने,'आँट छ भने जनमत संग्रह गर।' हिन्दु राष्ट्र कायम गर्ने कि धर्म निरपेक्षता कायम गर्ने भन्ने विषयमा जनमत संग्रह नभए मुलुकमा धर्म युद्व हुने जबराले चेतावनी दिए। जनमत संग्रहको अभियालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व गर्नेसमेत उनले उद्घोष गरे।


उनले राजनीतिमा गतिशील अभियानका साथ अघि बढ्नुपर्ने तर्क गरे। मधेश, जनजाति लगायतको माग सम्बोधन नभए स्थानीय निकायको निर्वाचन असम्भव रहेको बताउँदै उनले संविधान संशोधनमार्फत माग पूरा गर्न सरकार र प्रमुख दलका नेताहरुलार्इ अाग्रह गरे।

कार्यकार्ताको प्रेरणा, बिग्रदो राजनीतिक स्थिति, अप्ठ्यारा, भूकम्प पीडितको पुर्नस्थापना नभएका कारण दुर्इ पार्टीबीच एकताका लागि बल पुगेको उनले बताए।

कार्यक्रममा वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले राष्ट्रियता र प्रजातन्त्र नै मुख्य कुरा भएको बताए। अखण्ड र सार्वभौमिकताका लागि निर्वाचनको सबै जिम्मेवारी निर्वाचन आयोगलाई दिनुपर्ने उनले तर्क गरे। आफूभन्दा पहिला देश र पार्टीलाई अघि राखेर हिड्नुपर्नेमा उनले जोड दिए। 

एकअर्कालाई छिड्की हान्ने कामले क्षणिक लाभ भएपनि दीर्घकालीन असर पुग्ने उनले बताए। अहिले पार्टीहरुमा सिद्धान्त हराउँदै गएको भन्दै उनले कुर्सी पाउन लम्पसारवाद बढ्दै गएको बताए।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाशचन्द्र लोहनीले एकता हुनुमा धेरै अग्रजको योगदान रहेको बताए। एमाले, कांग्रेसले पार्टीभित्र खेलेको र पार्टी कमजोर हुन पुगेको उनको भनाइ थियो।

वरिष्ठ नेता विश्वबन्धु थापाले पार्टी एकीकरणपश्चात केही गर्न सक्नुपर्नेमा जोड दिए। ‘नेपाल रहेन भने नेपाली हुन नसक्ने भन्दै राष्ट्रियता प्रमुख कुरा भएको उनले बताए। 

राप्रपाका महामन्त्री बुद्विमान तामाङले पार्टी पार्टी एकीकरण खुसीको दिन भएको बताए। एकताको प्रयास धेरै मेहेनतले सफल भएको बताए। 

सांसद कुन्तीकुमारी शाहीले पार्टी एकीकरणपछि शक्ति बढेको बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.