राप्रपा मुलुककै ठूलो शक्ति : कमल थापा

राप्रपा मुलुककै ठूलो शक्ति : कमल थापा

काठमाडौं : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा मुलुककै सबैभन्दा ठूलो शक्ति बन्ने दाबी गरेका छन्।

राप्रपा नेपाल र राप्रपाबीच भएको पार्टी एकीकरण घोषणासभालाई सम्बोधन गर्दै थापाले हिन्दु राष्ट्रको वैचारिक धरातलमा उभिएर राप्रपा देशको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका हुन्। ‘राप्रपा र राप्रपा नेपालबीचको एकतापछि मुलुकमा नयाँ शक्तिको उदय भएको छ, अब राप्रपा राष्ट्रिय भरोसाको केन्द्र बन्नेछ,’उनले भने।

थापाले राष्ट्रिय राजनीतिमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदयले मुलुकको अस्थिर राजनीतिलाई एउटा निश्चित दिशा र गति प्रदान गर्ने विश्वास गर्दै भने, 'नेतृत्वमा अनुभव बोकेका र खारिएका व्यक्तिहरु भएकाले मुलुकले भरोसा गर्न सक्ने शक्ति स्थापना भएको छ।'

‘पार्टी एकता स्वार्थको सम्झौता होइन्, आवश्यकता र योजनाको परिणाम हो,’ उनले भने। थापाले पार्टीभन्दा ठूलो राष्ट्र भएको भन्दै राष्ट्रको हितमा काम गर्नु पर्नेमा जोड दिए।
२०६२ सालसम्म आउँदा विभिन्न राजनीतिक व्यवस्था भोगे पनि देशलाई टुक्राउनुपर्ने आवाज कहीँबाट नउठेको उनले बताए। ‘अखण्ड नेपाललाई टुक्राएर स्वतन्त्र राष्ट्र बनाउनुपर्छ भन्ने कुरा गलत हो, गम्भीर ढंगले सोच्नुपर्छ,’ उनले भने।

नेपाली राजनीतिमा आत्मसमर्पणवाद हाबी भएको उनले बताए। थापाले प्रत्येक दिन २ हजार युवा वैदेशिक रोजगारीमा जान वाध्य हुनु र प्रत्येक दिन ५ जनाको शब बाकसमा आउनु दुर्भाग्यपूर्ण भएको बताए। देशलाई संकटबाट मुक्त बनाउन वैकल्पिक शक्ति स्थापित भएको उनले बताए।

दुई छिमेकी राष्ट्रसँग असल मित्रता कायम गर्दै देशले दुवै देशबाट लाभ लिन सक्नुपर्ने बताए। संवैधानिक राजसंस्था एवम् गणतन्त्र पक्षमा एकीकृत राप्रपाको पहिलो बैठकले टुंगो लगाउने उनले बताए। उनले भने, 'देश र जनतालाई केन्द्रबिन्दुमा राखेर निर्णय लिइने छ।'आधारभुत मान्यताहरु संविधानमा समेटिन नसके पनि वर्तमान संविधानलाई आलोचनात्मकरुपमा समर्थन गरेको उनले बताए। उनले संविधानको कार्यान्वयनमा सकारात्मक र रचनात्मक सहयोग पुर्‍याउने विश्वास दिलाए।

संविधान कार्यान्वयन र २०७४ सम्म तीनवटै निर्वाचन सम्पन्न गर्नु मुख्य चुनौति भएको चर्चा गर्दै थापाले भने, 'समयमै निर्वाचन नभए संविधान धरापमा पर्नेछ। त्यसैले चाँडो चुनाव अनुकुल वातावरण बनाउनु आवश्यक छ।' मधेश समस्या समाधान नगरे समयमै चुनाव हुन नसक्ने र संविधान कार्यान्वयनमा पनि वाधा पुग्ने भन्दै अध्यक्ष थापाले भने,‘अडानभन्दा माथि उठेर दलहरुले सोच्नु आवश्यक छ। तत्काल मधेशको समस्या सम्बोधन गर्न नसके अतिवादी शक्ति हावी हुने खतरा पनि छ।

घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबराले पार्टी धर्म निरपेक्षताविरुद्धमा वकालत गर्दै आँट भए जनमत संग्रह गर्न चुनौति दिए। धर्म निरपेक्षता लाद्नेलाई चुनौती दिँदै उनले भने,‘आँट छ भने जनमत संग्रह गर।’ उनले जनमत संग्रह नभए मुलुकमा धर्म युद्ध हुने चेतावनी दिए।

देश धर्म निरपेक्ष हुन नसक्ने उनले ठोकुवा समेत गरे। ‘धर्म निरपेक्षता लादेको बुझ्न पनि सक्दैनौं र सहन पनि सक्दैनौं,’ उनले भने। राजनीतिमा गतिशील अभियानका साथ अघि बढ्नुपर्ने उनले तर्क गरे । मधेश, जनजाति लगायतले उठाएका माग सम्बोधान गर्नु पर्नेमा जोड उनले दिए।

एकता सभालाई पूर्व प्रधानमन्त्री लाकेन्द्रबहादुर चन्द, नेताहरु प्रकाशचन्द्र लोहनी, विश्वबन्धु थापालगायतले सम्बोधन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.