अफगानिस्तानको सिया मस्जिदमा आक्रमण, २७ को मृत्यु

अफगानिस्तानको सिया मस्जिदमा आक्रमण, २७ को मृत्यु

काबुल: अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सिया मुसलमान समूदायको मस्जिदमा भएको आक्रमणमा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ।

एक घार्मिक समारोहका लागि जम्मा भएका व्यक्तिहरुलाई लक्ष्यगरी सोमबार गरिएको आक्रमणमा परी २७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्।

धार्मिक समारोहमा प्रार्थना गर्न बसेका भक्तजनबीच आत्मघाती आक्रमणकारी पसेर गराएको विस्फोटमा परी २७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३५ जना घाइते भएका वरिष्ठ प्रहरी अधिकारी फ्रिडोन ओबाइदीले बताएका छन्।

अफगानिस्तानको राजधानी काबुलको पश्चिमी भागमा रहेको बाकिरुल ओलुम मस्जिदलाई हाल सुरक्षाकर्मीले घेरा लगाएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन्। रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.