शरणार्थीको पीडादेखि रेफ्री बन्दाको खुुसीसम्म
बर्लिन: सिरियामा चर्किएको गृहयुुद्धले लाखौंलाई घरबारविहीनमात्र बनाएन, लाखौं मानिसलाई शरणार्थीको जीवन जिउन पनि बाध्य पारेको छ।
सिरियाबाट विभिन्न बाटो हुुँदै शरणार्थीको रूपमा जर्मनी पुुग्नेको संख्या पनि लाखौं छ। तीनै लाखौं सिरियाली शरणार्थीमध्ये जर्मन पुुग्ने भाग्यमानी शरणार्थी बनेका छन, २७ वर्षीय अम्मार साहर। साहर सानैदेखि फुुटबल खेलाउने रेफ्री बन्न चाहन्थे। बाल्यकालमा देखेको सपना उनले सिरियामा नै पूरा गरे।
केवल १७ वर्षको उमेरमै सिरियामा साहरले फुुटबल रेफ्रीको काम गरे । सिरियाको हामा सहरमा उनले १७ वर्षमै यू–१४ राष्ट्रिय लिग खेलाएका थिए। त्यसपछि सन् २००८ देखि सन् २०१० सम्म उनले सिरियाको पहिलो, दोस्रो र तेस्रो सबै डिभिजनका खेल खेलाए। सन् २०१५ मा सिरियाको युुद्धले साहरको जीवनमा नराम्रो चोट पुुर्यायो। उनी शरणार्थीको रूपमा टर्की हुुँदै जर्मन जान बाध्य भए।
शरणार्थीको रूपमा जर्मन छिर्दा साहरकी श्रीमती लोउवाना भिया सात महिनाको गर्भवती थिइन्। समुुद्री बाटोमा श्रीमतीसँगै पानीजहाजको कठिनयात्रा गर्दै जर्मन पुुगेका साहरलाई जर्मन छिर्न पनि कम्ता गाह्रो भएन। जर्मन प्रहरीले म्युुनिखमा पुुगेपछि जहाजका कतिपय शरणार्थीलाई जहाजबाट ओर्लन नै दिएन। अधिकांश शरणार्थीलाई प्रहरीले परिचयपत्र मागेर हैरानी बनायो। धेरैलाई जहाजमै फर्काइदियो। तर, साहरले प्रहरीलाई आफू म्युुनिख नभई बर्लिन जान लागेको बताएपछि उनले जर्मनको प्रवेश पाएका थिए।
‘मैले पनि अरू शरणार्थीले जस्तै म्युुनिख जान लागेको भनेको भए गाह्रो हुुन्थ्यो । मलाई जर्मन फुुटबल संघको मुुख्यालय बर्लिनमा छ, भन्ने थाहा थियो । मैले त्यहाँ प्रहरीलाई आफू फुुटबल रेफ्री भएको बताउँदै पहिलाको फोटोसमेत देखाएपछि सहज भयो’, साहरले भने । बर्लिन पुुगेपछि सोझै फुुटबल संघमा गएर उनले रेफ्री बन्ने आफ्नो चाहना सुुनाए । उनलाई संघले सुुरुमा परीक्षणको रूपमा तीनवटा खेलसमेत खेलाउन लगायो । उनले सुुरुमा खेलाएको खेल बुुन्डेसलिगका भन्दा ताल्लो श्रेणीका थिए । ती खेल खेलाएपछि जर्मन फुुटबल संघका पदाधिकारी पनि उनको क्षमताबाट प्रभावित बने ।
‘ती खेल नै मेरा लागि जीवनको अनुुपम क्षण रह्यो । मलाई तत्काल संघले रेफ्री क्याम्पमा बोलाएर बर्लिन लिगाका लागि मौका दियो । सिरियाको युुद्धबाट शिथिल बनेको म यस्तो अवसर पाएपछि निकै खुुसी भएँ । वास्तवमा यो मेरो सपना पूरा भएको अवस्था थियो’, साहर भन्छन् । उनको खेल खेलाउने शैली र एक्सनले जर्मनका फोटो पत्रकारहरूलाई समेत प्रभाव पारेको छ । उनको फोटो खिच्नका लागि फोटो पत्रकार पनि लालायित हुुन्छन् ।
साहरले विस्तारै माथिल्लो डिभिजन वुुन्डेसलिगामा खेलाउने योजना बनाएका छन् । ‘म विस्तारै बुुन्डेस लिगा खेलाउनका लागि तयार हुुनेछुु, जसका लागि मैले थप मेहनत गर्नुुपर्छ । त्यसका लागि म अहिले जर्मन र अंग्रेजी भाषा पनि सिकिरहेको छुु । पाँचदेखि ६ वर्षभित्र जर्मनीको नागरिकता लिएर अन्तर्राष्ट्रिय रेफ्री बन्ने सोच छ’, साहरले भविष्यको योजनासहित खुुसी पोखे । सिरियामा चर्किएको गृहयुुद्धका कारण गत वर्षमात्र आठ लाख ९० हजार सिरियाली नागरिक शरणार्थीको रूपमा जर्मनी पुुगेको बताइएको छ ।