भन्सार छलेर भारतीय कपडा तस्करी 

भन्सार छलेर भारतीय कपडा तस्करी 

विराटनगरः चिसो बढेसँगै भन्सार छलेर भारतबाट न्याना कपडा तस्करी हुन थालेको छ । नेपाल-भारत सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले सोमबार ठूलो परिणामको न्याना कपडा बरामद गरेपछि तस्करी हुन थालेको पुष्टि भएको हो ।

सशस्त्र प्रहरी बल विराटनगर भन्सार राजस्व गुल्मको टोलीले पाँच लाख रुपैयाँ बजार मूल्य पर्ने कपडा बरामद गरेर आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । गुल्मका डीएसपी तीर्थबहादुर थापाका अनुसार विराटनगर २० दरैयाबाट कपडा बरामद गरिएको हो ।

उनका अनुसार जाडोमा लगाउने ऊनीको लेगिज, टप्स, जम्पर, ज्याकेट, कुर्ता सलवारलगायतका कपडा नियन्त्रणमा लिइएको छ । सशस्त्र आएको थाहा पाएपछि तस्करीमा संलग्न भने फरार बनेका थिए ।

‘भारतबाट कपडा तस्करी भएर आइरहेको छ भन्ने विशेष सूचनाका आधारमा परिचालित सशस्त्र प्रहरीको टोलीले कपडा बरामद गरेको हो,' डीएसपी थापाले भने, ‘बरामद गरिएका सबै कपडा कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।'

बोरा भित्र हालेर ल्याउँदै गरेको अवस्थामा भन्सार छलेको तस्करीको कपडा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले तस्करीमा संलग्नले भारतसँग सीमा जोडिएका मोरङका रंगेली, बुधनगर, मटेरुवा, खयरवना, सिक्टी, दरैया र सुनसरीको अमडुवा, साहेवगन्ज, भन्टारबारी, भुटाहा, हुस्कीलगायतका नाका प्रयोग गर्न थालेको जनाएको छ । विराटनगरको जोगबनी नाकामा नेपाल र सशस्त्र प्रहरीले कडाइ गरेसँगै तस्करीमा संलग्नले नयाँ रुटको प्रयोग गर्न थालेको डीएसपी थापाले बताए ।

‘सीमा क्षेत्रबाट हुने कपडा र अन्य सामान तस्करी यसअघि ठप्प नै थियो,' उनले भने, ‘जाडो सुरु भएपछि न्यानो कपडा तस्करी गर्न तस्कर सक्रिय हुन थालेको पाइएको छ ।' भारतमा एक हजार र पाँच सय दरका ठूला नोटमा प्रतिबन्ध लगाइए पनि तस्करीमा संलग्नलाई भने यसले कुनै प्रभाव नपारेको निस्कर्ष सशस्त्र प्रहरीले निकालेको छ ।

तस्करले सीमा जोडिएका मोरङका रंगेली, बुधनगर, मटेरुवा, खयरवना, सिक्टी, दरैयालगायत नाका प्रयोग गर्न थालेका छन् । 

सशस्त्र प्रहरीले बरामद गरेर बुझाएका सामानको मूल्यांकन दुई लाख छ हजार रुपैयाँ भन्सारले गरेको छ । सशस्त्र स्रोतका अनुसार प्रायः बजार मूल्यभन्दा एकदेखि डेढ सय प्रतिशतसम्म कम मूल्य राखेर बुझाइएका अवैध सामानको मूल्यांकन भन्सार कार्यालयले गर्ने गरेको छ । तर, त्यही सामानको मूल्य बजारमा भने उच्च हुने गरेको छ ।

पूर्वक्षेत्रीय सशस्त्र प्रहरी प्रमुख डीआईजी सुरज श्रेष्ठले चिसो मौसममा भारतबाट भन्सार छलेर न्याना कपडाको तस्करी हुन थालेको पाइएपछि सबै ठाउँमा कडाइ गरिएको बताए ।

‘न्याना कपडादेखि अन्य सामानसमेत तस्करी हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कडाइ थालिएको छ,' उनले भने, ‘सीमावर्ती क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीका सबै युनिटलाई सतर्क रहन निर्देशन दिईसकिएको छ ।' डीआईजी श्रेष्ठले तस्करी नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरीको विशेष टोलीसमेत परिचालन गरिएको बताए । 


तस्करीका लागि भारतसँग सीमा जोडिएका मोरङका रंगेली, बुधनगर, मटेरुवा, खयरवना, सिक्टी, दरैया र सुनसरीका अमडुवा, साहेवगन्ज, भन्टारबारी, भुटाहा, हुस्कीलगायतका नाका प्रयोग गर्न थालेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.