जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
जापानः जापानमा शक्तिशाली भूकम्प गएको छ। एजेन्सीहरुका अनुसार जापानको उत्तरपूर्वी फुकुसीमा प्रान्तमा गएको भूकम्प ६ दशमलव ९ रेक्टर स्केलको थियो ।भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ।
यसअघि अमेरिकी भूगर्भ विभागले ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भनेको थियो। नेपाली समयअनुसार बिहान ३ बजेतिर सो भूकम्प गएको हो।
त्यहाँको मौसम विभागले तीन मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिईंदै समुद्रीय क्षेत्र आसपासमा नजान भनिएको छ। भूकम्पपछि सरकारले फुकुसीको उर्जा प्लान्टको अवस्थामा निगरानी गर्न भनेको छ।