'सिरियामा शान्ति हुनेमा आशा छैन'

'सिरियामा शान्ति हुनेमा आशा छैन'

लिमाः संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले निकट भविष्यमा सिरियामा शान्ति कायम हुनेमा आफू आशावादी नभएको बताएका छन् । रूसको समर्थनमा सिरिया सरकारले अलेप्पो नगरमा विद्रोहीमाथि बम आक्रमण जारी राखेका त्यहाँ शान्ति कायम हुनेमा उनले आशंका गरेका हुन् ।

ओबामाले भने, ‘म केही समयभित्रै सिरियामा शान्ति कायम हुने सम्भावनाबारे आशावादी छैन ।' उनले सिरियामा अशान्ति मचाउन सहयोग गरेको भन्दै इरानको पनि आलोचना गरे । उनले भने, ‘रूस र इरानले सिरियाली राष्ट्रपति बसर अल असदको नृशंसक अभियानलाई समर्थन गरिरहेका छन् ।'

यस्तो अवस्थामा प्रशिक्षित एवं प्रतिबद्ध विपक्ष लामो समयसम्म सरकारको विरोधमा उत्रन नसक्ने पनि उनको भनाइ थियो । सिरियामा विद्रोहीलाई पश्चिमा देशहरूले सहयोग गरिरहेका छन् । सरकारलाई भने रूसको समर्थन प्राप्त छ ।

यमनमा युद्धविराम समाप्त

यसैगरी अमेरिकाको पहलमा गत शनिबारदेखि लागू गरिएको ४८ घण्टा लामो युद्धविरामले यमनमा विगत करिब दुई वर्षदेखि हिंसालाई सम्बोधन नगरीकनै सोमबार अन्त्य भएको छ ।

दुवै समूहद्वारा युद्धविराम भंग गर्दै आक्रमण जारी राखेको भनी एकआपसमा दोषारोपण गर्दै ४८ घण्टा लामो युद्धविराम शान्तिका लागि थप विस्तार हुन नसकेको जनाएका छन् । यमनमा सन् २०१५ को मार्चदेखि जारी राजनीतिक अस्थिरता तथा रक्तपातपूर्ण हिंसा अन्त्य गर्न भनी अमेरिकी विदेशमन्त्री जोन केरीको पहलमा पछिल्लो सहमति भएको थियो ।

सयौं युद्धविराम विरोधी गतिविधि शनिबारपछि सोमबारसम्मको समयमा भएका भन्दै यसलाई थप विस्तार गर्नुको औचित्य नरहेको भनी युद्धविराम सम्झौता उल्लंघन हुनुमा दुवै पक्षले एकआपसमा दोषारोपण गरेका छन् ।

साउदी अरब नेतृत्वको गठबन्धन सेनाले सोमबार मध्याह्नदेखि युद्धविराम अन्त्य भएको पुष्टि गरेको छ । युद्धविराम सम्झौतालाई पालना गरिएन बरु एकपछि अर्को हिंसाका घटना विद्रोहीद्वारा देशैभर गराएका, साउदी अरब नेतृत्वको गठबन्धन सेनाका प्रवक्ता मेजर जनरल अहमद असिरीले बताए ।

यमनको दक्षिणपश्चिममा अवस्थित सहर तायजमा युद्धविराम समयमा समेत विद्रोही आक्रमणमा एकपछि अर्को गर्दै धेरै मनिसको ज्यान गएको भन्दै युद्धविराम सम्झौताको औचित्य समाप्त भएको प्रवक्ता असिरीले जनाए । युद्धविराम अन्त्यसँगै सरकार तथा विद्रोही पक्षले आफ्ना आक्रमणलाई सशक्त बनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.