ग्रिनोभेसन स्टार्टपअप च्यालेन्जको विजेता घोषित
काठमाडौंः डब्लुडब्लुएफ नेपाल र नेपाल इन्ट्राप्रेनियर हवको सहकार्यमा आयोजित ग्रिनोभेसन स्टार्टअप च्यालेन्जको विजेता घोषित गरिएको छ ।
उद्यमीले लिएका नयाँ सोचलाई स्थापित गर्ने योजनाका साथ विभिन्न १२ प्रतिस्पर्धीबीच प्रतिस्प्रर्धा गराई उत्कृष्ट चार कम्पनी छानिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार ‘ग्राउन्ड एप्पल', ‘टायर टेसर', ‘सिस्नु', ‘चेपाङ र पर्यटन' र ‘उड ग्यास स्टोभवेयर' गरी चार कम्पनी विजेता घोषित भएका छन् ।
उनीहरूको सोचलाई कार्यान्वयन गर्न एक लाख ५० हजारका दरले उपहार प्राप्त गरेको आयोजकले जनाएको छ । भदौबाट सुरु भएको कार्यक्रममा एक सय ६० जनाले आफ्नो विजनेस योजनासहित सहभागिता जनाएका थिए । त्यसबाट छानेर उत्कृष्ट १२ मा झारिएको थियो ।
युवाको नयाँ सोचलाई कार्यान्वयनमा ल्याउन सहयोग गर्ने योजनाका साथ आयोजित कार्यक्रमले युवा उद्यमी बन्न पे्ररित गरेको डब्लुडब्लुएफ नेपालका प्रतिनिधि अनिल मानन्धरले बताएका छन् ।