एक्सेल बैंकको शाखा मंगलबारेमा
इलामः इलामको पश्चिम क्षेत्रलाई सेवा पुर्याउने उदेश्यले एक्सल डेभलपमेन्ट बैंकले इलामको मंगलबारेबाट सेवा सुरु गरेको छ ।
बैंकले त्यस क्षेत्रका कृषि र उद्योगलाई प्रवद्र्धन गर्नेछ । सोमबार मंगलबारे उद्योग वाणिज्य संघका अध्यक्ष मात्रिकाप्रसाद घिमिरे र बैंक सञ्चालक समितिका कार्यवाहक अध्यक्ष हेमराज ढकालले औपचारिक रूपमा बैंकको उदघाटन गरे ।
ग्रामीण क्षेत्रमा बैंकिङ गतिविधि बढाउने र बैंकिङ सुविधा दिने सोचले एबीबीएस, एसएमएस, मोबाइल बैंकिङ, रेमिटेन्सलगायतका अधिकांश बैंकिङ सेवाहरू प्रदान गरिने प्रबन्धक मिलन भट्टराईले जानकारी दिए ।
झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकको इलाम सदरमुकाम र फिक्कलमा पनि शाखा सञ्चालनमा छ ।
गत आर्थिक वर्षमा नौ करोड ९८ लाख ४१ हजार मुनाफा गरेको एक्सले तीन अर्ब ३८ रुपैया“ कर्जा लगानी गरेको छ । बैंकको इलाम, झापा र मोरङमा १८ वटा शाखा सञ्चालित छन् ।