हिरोका तीन नयाँ भर्सन नेपालमा

हिरोका तीन नयाँ भर्सन नेपालमा

काठमाडौः हिरो मोटोकर्पले ‘अपग्रेडेड' भर्सनका दुईपांग्रे गाडि नेपाल भिœयाएको छ । कम्पनीले स्प्लेन्डर आइस्मार्ट–११०, न्यू एचिभर–१५० र नयाँ सुपर स्प्लेन्डर–१२५ नेपाल भिœयाएको हो । सोमबार काठमाडौंमा एक कार्यक्रम गरी तीनवटै मोडल सार्वजनिक गरिएको थियो ।

तीनवटै भेरियन्टको इञ्जिनमा आइडल, स्टप र स्टार्ट (आई थ्रीएस) नामक प्याटेन्ट प्रविधि जडान गरिएको छ । यसअघि नेपाल भित्रिएका तीनवटै मोडल लोकप्रिय भइसकेका छन् । कम्पनीले डिजाइन र प्रविधिमा अपग्रेड गरेर नयाँ भर्सन ल्याएको हो ।

स्प्लेण्डर आइस्मार्ट-११० मोडलको बाइकमा नयाँ चेसिस र फ्रेम प्रयोग गरिएको छ । उच्च प्रविधिबाट सुसज्जित यो बाइक इन्धन किफायती छ । यसमा नयाँ बिएस–४ मापदन्ड अनुसारको ११० सीसी टर्क अन डिमान्ड (टर्क इञ्जिन), फोर स्ट्रोक, एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ । यो बाइक ७.४५ सेकेन्डमा शुन्यबाट ६० किमी प्रतिघन्टाको गतिमा कुदन सक्नेछ । यसको मूल्य १ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसमा ८.५ लिटर क्षमताको इन्धन ट्यांकी रहेको छ ।

न्यू एचिभर १५० सीसीको बाइक हो । बीएस-४ मापदन्डको १५० सिसी टर्क अन डिमान्ड (टड) इन्जिनले बाइकलाई शक्ति दिनेछ । यसमा पनि आइ थ्रीएस प्रविधि जडान गरिएको छ । नयाँ पुस्तालाई लक्षित गरेर अचिभर उत्पादन गरेको कम्पनीको दाबी छ ।

पाँच सेकेन्डको अन्तरालमा बाइक शून्यबाट ६० किमी प्रतिघन्टाको दरले कुद्छ । यसमा नयाँ हेडलाइट, ठूलो भाइजर, मोटो फेन्डर लगायतका विशेषता छन् । नेपाली बजारमा अचिभरको मूल्य दुई लाख ४ हजार रुपैयाँ तोकिएको छ । यसमा १३ लिटरको इन्धन ट्यांकी छ ।

सुपर स्प्लेन्डर नेपालमा लोकप्रिय भइसकेको सुपर स्प्लेन्डरको नयाँ भर्सन हो । १२५ सीसीको यो बाइकमा पनी आइ थ्रीएस प्रविधि जडान गरिएको छ । यसको बडीमा विभिन्न आकृतिहरु कुदिएका छन् । यो बाइकले उत्कृष्ट माइलेज दिने बताइएको छ । सहरी यात्राका लागि उत्तम मानिने यस मोडलमा १३ लिटरको इन्धन ट्यांकी रहेको छ । नेपाली बजारमा सुपर स्प्लेन्डरको मूल्य १ लाख ७६ हजार रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.