हरेक नागरिकको स्वास्थ्य बिमा अनिवार्य: मन्त्री थापा

हरेक नागरिकको स्वास्थ्य बिमा अनिवार्य: मन्त्री थापा

लमजुङः स्वास्थ्य मन्त्री गगन थापाले हरेक नागरिकको स्वास्थ्य बिमा अनिवार्य गरिनु पर्ने बताएका छन्। मन्त्री थापाले भने,‘हरेक नागरिकको स्वास्थ्यमा पहुँच हुनुपर्छ। राज्यको ढुकुटीमा ठूला नेता मात्रै हैन हरेक नागरिकको उत्तिकै हक र अधिकार छ।’

लमजुङको नेटास्थित मालिका लिटल स्टार यूवा क्लबले आयोजना गरेको एम्बुलेन्स उद्घाटन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले दलका ठूला नेताहरुले उपचार खर्च लगायतका बाहानामा राज्यको ढुकुटीमाथि दोहन गरेकोमा रोष प्रकट गरे। उनले हरेक नागरिकको स्वास्थ्य र शिक्षाप्रतिको चिन्तालाई राज्यले सम्बोधन गर्नुपर्ने बताए।

‘अधिकांश नागरिकले धनप्रतिको मोह देखाउने आफू र आफ्ना सन्ततीको स्वास्थ्य र शिक्षाप्रति हो, यदि त्यसलाई राज्यले ब्यवस्थापन गर्न सके जसरी भएपनि धन कमाउनुपर्छ भन्ने संस्कृति निरुत्साहित हुन्छ।’ मन्त्री थापाले आधारभूत स्वास्थ्य सेवाका लागी ऐन बन्ने प्रक्रियामा रहेको बताउँदै त्यसमा बिमा रकम भुत्तानी गर्न नसक्ने नागरिकको हकमा राज्यले नै भुक्तानी गरिदिने बताए।

अर्को प्रसंगमा मन्त्री थापाले अवको आवश्यकता संविधान कार्यान्वयन रहेको भन्दै असन्तुष्ट पक्षलाई समेटेर सबै दल एकजुट हुनुको विकल्प नभएको बताए। उनले संविधान कार्यान्यवनका सवालमा कोही सत्तापक्ष र प्रतिपक्षी नहुने भन्दै प्रमुख दलहरु मिल्नुको विकल्प नरहेको तर्क गरे।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.