स्वामी रामदेव काठमाडौंमा, नेपाली ढाका टोपी लगाइदिएर गरियो स्वागत

स्वामी रामदेव काठमाडौंमा, नेपाली ढाका टोपी लगाइदिएर गरियो स्वागत

काठमाडौंः भारतीय योग गुरु स्वामी रामदेव काठमाडौं आइपुगेका छन्। मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका स्वामी रामदेवलाई नेपाली ढाका टोपी र पहेंलो खादा लगाइदिएर स्वागत गरिएको थियो।

स्वामी रामदेव वीरगन्जमा योग शिविर सञ्चालनका लागि नेपाल आएका हुन्। विमानस्थलमा ओर्लिनासाथ स्वामी रामदेवले ट्वीटरमा ट्वीट गर्दै आफू माता सीता र भगवान गौतम वुद्धको पवित्र भूमिमा योग शिविरका लागि आइपुगेको उल्लेख गरेका छन्।

स्वामी रामदेवको स्वागतका लागि एनआरएनका पूर्व अध्यक्ष उपेन्द्र महतो र पतन्जली योगपीठ नेपालका शालिग्राम सिंह विमास्थलमै पुगेका थिए।

उनीहरुले स्वामी रामदेवलाई स्वागत गर्दै पहिले नेपाली ढाका टोपी र त्यसपछि वुद्धमार्गीहरुको पवित्र खतक पहेंलो खादा लगाइदिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.