बाख्रा चराउन जंगल गएकी बालिका बलात्कृत

बाख्रा चराउन जंगल गएकी बालिका बलात्कृत

जाजरकोटः जाजरकोटको पजारुमा एक पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। दिदीसँग गोठालो गएका बेला स्थानीय दाइ नाता पर्ने पजारु–५ का १३ वर्षीय प्रकाश अधिकारीले बलात्कार गरेका हुन्।

समाजबाट तिरष्कृत हुने र उल्टै अपहेलित हुने डरले बालिका बलात्कृत भएको दुई महिना पुग्न लाग्दा पनि घटना बाहिर आउन नसकेको हो। बलात्कृत बालिकाको यौनीमा इन्फेक्सन भएपछि सोधखोज गर्दा बालिका बलात्कृत भएको तथ्य खुलेको हो।

मलाई प्रकाश दाइले जबरजस्ती यौनसम्पर्क गरेपछि यस्तो भएको भनेर छोरीले नै भनेपछि घटनाबारे आफुले थाहा पाएको बाबुले बताए। प्रहरीका अनुसार प्रकाशले दिदी बाख्रा लिन जंगलतिर गएको मौका छोपी गत असोज १३ गते बालिकालाई नजिकैको खोलामा लगेर बलात्कार गरेका थिए। गाउँमै घरेलु उपचार गर्दा पनि निको नभएपछि बालिकालाई उपचारको लागि जिल्ला सदरमुकाम ल्याइएको छ। अहिले जिल्ला अस्पतालमा बालिकाको उपचार भइरहेको छ।

अस्पतालका डा. भुपेन्द्र प्रकाश मल्लले बालिकाको यौनीबाट पानी बगिरहेको, पुरानो घाउ देखिएकाले आफुले शंका लागेर सोधखोज गर्दा बलात्कार भएको पत्ता लागेको बताए। बालिकाका बाबुले प्रहरीमा प्रकाशको नाममा किटानी जाहेरी दिएको प्रहरीले बताएको छ। घटनाबारे थाहा पाउने वित्तिकै प्रहरीले निगरानी र अनुसन्धान बढाएको प्रहरी निरीक्षक सुवास भट्टले बताए।

बलात्कारको आरोप लागेका प्रकासलाई पक्राउ गरी थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बडाबनलाई निर्देशन दिइसकिएको भट्टले बताए। बालबालिकालाई जेलमा राख्न नमिल्ने कानुनी प्रावधान रहेको छ। पिडक बालक अदालतबाट दोषी ठहरिए सुधार गृहमा राखेर आवश्यक परामर्श दिने व्यवस्था कानुनमा उल्लेख भएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.