गोरु काटेकोे अभियोगमा दुई पक्राउ
जिरी: गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिरी नगरपालिका– ५ नाबुक टोलका ३८ वर्षीय फुर्वा शेर्पा र ६० वर्षीय पल्दे शेर्पा छन्।
स्थानीयवासीले दिएको सूचनाका आधारमा गएराति ८ बजे उनीहरुलाई गोठमा मासु काट्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी नायब निरीक्षक मोहनप्रसाद आचार्यले जानकारी दिए।
प्रहरीले घटनास्थलबाट ४० किलो गोरुको आलो मासु बरामद गरेको छ। बरामद गरिएको मासु स्थानीयवासीको रोहबरमा मंगलबार विहान नष्ट गरिएको छ। अभियुक्तले गोरु जिउँदो नभई बिरामी भएर आफैँ मरेको र मासु खानका लागि काटिएको बताएका छन्। रासस