राप्रपाका अध्यक्ष कमल थापा र राणाले गरे पदभार ग्रहण

राप्रपाका अध्यक्ष कमल थापा र राणाले गरे पदभार ग्रहण

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले पदभार ग्रहण गरेका छन् ।

सोमबार पार्टी एकता घोषणा गरेका दुई पार्टीका नेताले मंगलबार पदभार ग्रहण गरेका हुन् । दुवै नेताले पार्टी कार्यालय चावहिलमा पदभार ग्रहण गरेका हुन् ।

राप्रपा नेपाल र राप्रपाको एकतापछि थापा राप्रपाको अध्यक्ष र संसदीय दलको नेता चयन भएका छन् भने राणा राष्ट्रिय अध्यक्ष बनेका छन् ।

पदभार ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेता डा प्रकाशचन्द्र लोहनीलगायत उपस्थित थिए । पदभार ग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आगामी चुनावमा पार्टी मुलुकको अग्रणी राजनीतिक शक्ति बन्ने घोषणा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.