‘संविधान संशोधनबाट एमाले भाग्न मिल्दैन’

‘संविधान संशोधनबाट एमाले भाग्न मिल्दैन’

काठमाडौंः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले संविधान संशोधनको प्रक्रियाबाट एमाले भाग्न नपाउने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री नायकले प्रमुख प्रतिपक्षी दल समेत रहेकाले उसले संविधान संशोधनको कार्यभारबाट भाग्न नपाउने बताएका हुन् ।

एमाले वा मधेसी मोर्चालाई चिढ्याएर संशोधन प्रस्ताव दर्ता गर्ने पक्षमा सरकार नभएको उनको भनाइ छ । ‘संविधान संशोधनजस्तो महत्वपूर्ण प्रक्रियाबाट एमाले भाग्न पाउँदैन’, मन्त्री नायकले भने, ‘यो प्रक्रिया ठिक होइन, सरकार प्रतिपक्षी एमाले र मोर्चालाई चिढ्याएर अघि बढ्ने पक्षमा छैन ।’

मन्त्री नायकले संविधान संशोधनका विषयमा एमालेले पछिल्लो पटक दिएको अभिव्यक्ति राष्ट्रको हितमा नभएको समेत उल्लेख गरे । उनले जनताको घेरोबन्दीबाट भाग्ने अधिकार कसैलाई नभएको प्रष्ट पारे ।

उनले एमाले संशोधनको प्रक्रियामा सहभागी हुने विश्वास समेत व्यक्त गरेका छन् । ‘एमालेले कुन मनसायले निर्णय लिएको छ, त्यो मनसाय ठीक छैन त्यसैले उसले संविधान संशोधनको प्रक्रियामा सहभागी हुने विश्वास छ,’ उनले भने।

निर्वाचनका लागि रािष्ट्रय सहमति आवश्यक परेको बताउँदै उनले नेतृत्वदायी भूमिकाबाट पन्छिएर मण्डले राष्ट्रवादको नारा दिनु ठीक नहुने बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.