अमेरिकी नागरिक यूरोप जानु खतरा 

अमेरिकी नागरिक यूरोप जानु खतरा 

वासिङ्टनः अमेरिकी विदेश विभागले विदा मनाउन यूरोप जान चाहने अमेरिकी नागरिकमाथि आतङ्कवादी हमला हुनसक्ने खतरा रहेको बताउँदै यात्राका समयमा सावधानी अपनाउन आग्रह गरेको छ । 

 मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्तीमा अमेरिकी नागरिकले ‘विदामा यूरोपमा हुने उत्सव, कार्यक्रम तथा बाहिरी बजारमा जाँदा सतर्कता अपनाउन’, भनिएको छ । 

 विभागले यो सतर्कताका लागि सूचना फेब्रुवरी २० सम्मलाई मध्यनजर गरी जारी गरेको हो । विज्ञप्तीमा अतिवादी समूहबाट यूरोपमा आक्रमण जारी राखेको।

अमेरिका तथा यूरोप वर्षको अन्त्य तथा नयाँ वर्षको सुरुवातमा दिइने लामो विदा बिताउन विदेश यात्रामा निस्कने कुरालाई मध्यनजर गर्दै विदेश विभागले सो सूचना जारी गरेको हो । सूचनामा कसले र कस्तो किसिमका आक्रमण हुन सक्ने सम्भावना छन् भनी विस्तारमा केही बताइएको छैन । 

सन् २०१५ को जनवरी पछि एक पछि अर्को गर्दै भएको आक्रमणमा फ्रान्स र बेल्जियममा २५० मानिसको मृत्यु भएको थियो भने सयौँ अन्य घाइते भएका घटनामा अतिवादी इस्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको थियो । एजेन्सी 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.