पार्टी एकीकरण गरेर कमल थापाले आदर्श त्यागेको आरोप
काठमाडौंः एकीकृत राष्ट्रवादी शक्ति निमार्ण अभियानका अध्यक्ष केशरबहादुर बिष्टले राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको स्थापित आदर्शलाई त्यागेर राप्रपासँग पार्टी एकीकरण गरेको आरोप लगाएका छन्।
दुई पार्टीको एकीकरणपछि मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै उनले यस्तो आरोप लगएका हुन् । पार्टीका निती सिद्धान्त र आदर्शलाई पूर्णत परित्याग गर्दै राप्रपा नेपाल गणतन्त्र संघीयता र धर्म निरपेक्षताको वैधानिक आर्दश बोकेको राष्ट्रीय प्रजातन्त्र पार्टीमा विधिवत विलय भएको आरोप लगाए ।
उनले राप्रपा नेपालको अस्तित्व समेत समाप्त भएको विज्ञप्तिमा उल्लेख छ । थापाले छ लाख तीस हजार जनताको अभिमत र पार्टीको गरेका कारण पार्टीको वैधानिक विलय बनेको उनको आरोप छ ।
उनले सर्वधर्म समभाव हिन्दुराष्ट्र संवैधानिक राजसंस्था स्थानीय स्वायत शासनको अवधारणका लागि एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियानमा गोलबन्द हुन आग्रह गरेका छन्।