मधेसी मोर्चासँग छलफल गरेर संविधान संशोधनको प्रस्तावः कांगेस

मधेसी मोर्चासँग छलफल गरेर संविधान संशोधनको प्रस्तावः कांगेस

काठमाडौँः नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव दर्ता गर्नुभन्दा पहिले मधेशी मोर्चासँग छलफल गरेर अगाडि बढ्ने भएको छ ।

सिंहदरबारस्थित पार्टीको संसदीय कार्यालयमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा संविधान संशोधनका विषयलाई मूर्तरुप दिने विषयमा छलफल भएको थियो ।

बैठकबारे जानकारी दिँदै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनका विषयमा मधेसी मोर्चासँग र अन्य सरोकारवालासँग छलफल गरेर अगाडि बढ्ने विषयमा छलफल भएको बताए ।

संशोधनको विषयमलाई अझ मूर्तरुप दिनका लागि सबै राजनीतिक दलसँग छलफल गर्ने विषयमा पार्टीमा छलफल भएको नेता पौडेलले उल्लेख गरे ।

संविधान संशोधनका विषयमा प्रमुख प्रतिपक्ष दल एमालेसँग कुरा नमिलेपछि सत्तारुढ दलले राजनीतिक संवादलाई तीब्र बनाएका छन् ।

बैठकबारे कांग्रेस महामन्त्री विमलेन्द्र निधिले संविधान संशोधनका विषयमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मधेसी मोर्चा र सरकारमा सामेल अन्य दलसँग छलफल गरेर संशोधनको प्रस्ताव तयार पार्ने बताए ।

नेपाली कांग्रेसले संशोधनका वातावरण कसरी बनाउने भन्ने विषयमा छलफल भइरहको उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका निधिले उल्लेख गरे।

त्यसैगरी काँग्रेसका नेता अर्जुननरसिंह केसीले सीमाङ्कन, भाषा, नागरिता र राष्ट्रियसभाको प्रतिनिधित्वलगायतका विषयमा छलफल भएको बताए ।

एमाले र मधेसी मोर्चासँग छलफल गरेर यस विषयमा निष्कर्षमा पुगिने जानकारी दिँदै उनले पाँच प्रदेशको सीमाङ्कनका विषयमा त्यहाँकै जनप्रतिनिधिका विषयमा कुरा गरेर अगाडि बढ्ने बताए ।

उनले भने, ‘अङ्गीकृत नागरिकलाई मुलुकको सर्वोच्च पद दिने कुरो कुनै हालतमा स्वीकार्न सकिँदैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.