जोगबनीमा चल्न छाड्यो नेपाली नोट

जोगबनीमा चल्न छाड्यो नेपाली नोट

विराटनगर: विराटनगरकी सुमित्रा श्रेष्ठ साथीहरूसँग दैनिक उपभोग्य सामग्री खरिदका लागि सीमावर्ती भारतीय बजार जोगबनी पुगिन् । जोगबनी पुगेर सामान खरिद गर्न खोज्दा पसलेले उनलाई सोधे, तपाईंसँग भारु छ ? उनले आफूसँग भारतीय रुपैयाँ नभएको जवाफ दिएपछि पसलेले सामान दिन इन्कार गरे । ती पसलेले भने, 'अहिले यहाँ नेपाली रुपैयाँ चल्न छाडेको छ । नेपाली पैसामा सामान दिन सक्ने अवस्था छैन । सय रुपैयाँभन्दा तलका भारतीय नोट लिएर आउनुभयो भने मात्र सामान दिन सकिन्छ ।'

नेपाली नोट बोकेर जोगबनी गएका सुमित्रा र उनका साथी अन्य केही पसलमा पनि पुगे । भारतीय रुपैयाँ साथमा नभएका कारण उनीहरूले सामान खरिद गर्न सकेनन् । उनीलगायत साथीहरू सामान खरिद गर्न नसकेपछि त्यत्तिकै विराटनगर फर्किए । उनले भनिन्, 'भारतीय नोट नभएका कारण सामान खरिद गर्न सकिएन रित्तोहात फर्कनु पर्‌यो ।' सुमित्रा र उनका साथी मात्रै हैन पूर्वक्षेत्रका गृहणीको रोजाइमा पर्ने जोगबनीलगायत सीमावर्ती भारतीय बजारमा अहिले सामान खरिद गर्न जानेहरूले यस्तै समस्या झेल्नु परिरहेको छ ।

भारत सरकारले ठूला नोटमा प्रतिबन्ध लगाउनुअघि सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँमै कारोबार हुने गरेको थियो । नेपाली नोट बोकेर भारतीय बजारमा सामान खरिद गर्न जाने नेपाली ग्राहकले सहज रूपमा खरिद गरेर सामान ल्याउन सक्थे । 'अहिले सामान खरिद गर्न जोगबनी आउनेले एक सय रुपैयाँभन्दा तलका भारतीय नोट लिएर आउनु पर्छ,' जोगबनीका व्यापारी कृष्णा गुप्ताले भने, 'यहाँ नेपाली नोटमा सामान बिक्री गर्न सक्ने अवस्था छैन ।' गुप्ताले भने, 'भारतीय पनि साना नोट मात्र चल्छन् । नेपाली नोटमा खरिदबिक्री हुन छाडेको छ ।'

भारत सरकारले एक हजार र पाँच सयका ठूला नोटमा प्रतिबन्ध लगाएसँगै सीमावर्ती भारतीय बजारमा नेपाली नोटसमेत चल्न छाडेका हुन् । उपभोक्ताबादी संस्था पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेल भारतले चल्तीका ठूला नोटमा प्रतिबन्ध लगाएपछि त्यसको प्रत्येक्ष असर नेपाली उपभोक्तामा परेको बताउँछन् । उनका अनुसार विराटनगरको बाटो हुँदै दैनिक चार हजारभन्दा बढी नेपाली सामान खरिदका लागि भारतको जोगबनी बजार पुग्ने गरेका थिए ।

जोगबनीका अर्का व्यापारी राकेश मिश्रका अनुसार यसअघि नेपाली ठूलासाना नोट सीमावर्ती भारतीय बजारमा चल्थे । अब सीमावर्ती बजारमा नेपाली नोट चल्ने नचल्ने भन्ने भारत सरकारले बनाउने मौद्रिक नीतिमा भरपर्ने उनको भनाइ छ । 'भारत सरकारले नेपाली नोटलाई पनि असर पर्ने नीति ल्याउन सक्ने सम्भवना छ,' उनी भन्छन्, 'त्यही भएर व्यापारी नेपाली नोटमा कारोबार गर्न डराउँछन् ।'

जोगबनी बजारमा नेपाली नोट चल्न छाडेसँगै त्यहाँ नेपाली ग्राहकको चहलपहल पनि कम भएको छ । 'पहिलेको तुलनामा जोगबनीमा सामान खरिद गर्न जानेको संख्या पाँच प्रतिशत पनि छैन,' सीमावर्ती क्षेत्रमा कार्यरत एक नेपाल प्रहरीले भने, 'नेपालभन्दा केही सस्तोमा सामान पाइने भएकाले भारतीय रुपैयाँ भएका मात्र सामान खरिदका लागि जाने गरेका छन् ।'

सीमावर्ती बजारमा घरायसी सामानदेखि बिस्कुट, चिनी, चियापत्ती, पानजन्य मसला, साबुन, दाल, चामल, कपडालगायत खरिद गर्न नेपाली उपभोक्ता जाने गरेका छन् । नेपालका सीमावर्ती बजारमा पनि मात्रामा भारतीय उत्पादनका सामान बिक्री हुँदै आएका थिए । राष्ट्र बैंक विराटनगरका निर्देशक रामु पौडेल भारतीय नोट प्रतिबन्धको असर सर्वसधारणलाई पर्नु सामान्य भएको बताउँछन् । इन्फोभारत सरकारले एक हजार र पाँच सयका ठूला नोटमा प्रतिबन्ध लगाएसँगै सीमावर्ती भारतीय बजारमा नेपाली नोटसमेत चल्न छाडेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.