शंसोधनविरुद्ध एमाले जनबर्गीय संगठन

शंसोधनविरुद्ध एमाले जनबर्गीय संगठन

काठमाडौः प्रमुख प्रतिपक्षदलको सहमति बिना नै संविधानमा शंसोधन प्रस्ताव ल्याए सो दलका जनबर्गीय संगठनहरुले सडक आन्दोलनमा उत्रने घोषणा गरेका छन।

प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरुले संविधान संशोधनका विषयमा प्रदेशहरुको सीमाङ्कन, राष्ट्रिय सभाको गठन र प्रतिनिधित्व, नागरिकता र भाषा आयोग लगायतका विषयमा साझा धारणा बनाएर अघि बढ्न औपचारिक प्रस्ताव अघि सारेको भोलिपल्ट एमालेका दुई भ्रातृ संगठन अनेरास्ववियु र युवा संघले पत्रकार सम्मेलन गरी संशोधन प्रक्रिया अघि बढाए आन्दोलन गर्ने चेतावनी दिएका हुन।

मंगलबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा युवा संघका अध्यक्ष राजीव पहारीले जनभावना विपरीत वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाए चुप लागेर नबस्ने चेतावनी दिए । उनले जनभावना विपरीत सरकार अघि बढे त्यसका विरुद्ध सडक संघर्षमा उत्रिने चेतावनी समेत दिए । उनले संसद् भवन वरिपरि मानव साङ्लो बनाएर सांसद्हरुलाई संसद् भवनभित्रै थुनिदिने सम्मको चेतावनी दिए ।

प्रचण्ड नेतृत्वको सरकारले मुलुकलाई सिक्किमीकरण र भुटानीकरण गर्ने प्रयास गरिरहेको भन्दै त्यसको डटेर सामना गर्ने पनि चेतावनी दिए । कार्यक्रममा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले मधेसीका नाममा अंगीकृत नागरिकलाई सर्वोच्च पदमा लैजाने कांग्रेस र माओवादीको योजना सफल हुन नदिने चेतावनी दिइन् । उनले सरकार मनपरी ढंगले अघि बढे अनेरास्ववियु चुप लागेर नबस्ने चेतावनी पनि दिइन् ।

युवा संघ अध्यक्ष पहारी र अनेरास्ववियु अध्यक्ष लामाले जारी गरेको संयुक्त विज्ञप्तिमा पनि आम जनताको भावना विपरीत संविधान संशोधन गर्ने दुस्प्रयास भयो भने जनता चुप नलाग्ने भन्दै युवा विद्यार्थी पुनः शीरमा कफन बाँधेर सडकमा उत्रिने चेतावनी दिइएको छ ।

संविधान शंसोधनका बिषयमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख तीन दलेको बैठकमा एमालेका नेताहरुले औचित्य बिना ल्याउने संविधान अफुहरुलाई मान्य नहुने भन्दै जवजस्र्ति ल्याए सदन र सडक दुबै तताउने चेतावनी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.