बालुवाटारमा सरकार र मधेसी मोर्चाबीच छलफल जारी
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सत्तारुढ दल र मधेस केन्द्रित दलबीच बालुवाटारमा छलफल जारी छ ।
आजको छलफललाई निर्णायक बनाउने नेताहरुको तयारी छ । मधेस केन्द्रित दलहरुसँग् संविधान संशोधनका विषयमा छलफल भइरहेको छ ।
संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने सत्तारुढ दलको तयारीलाई प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेपछि मधेस केन्द्रित दलसँग छलफल गरेर संशोधन प्रस्ताव तयार पार्ने सत्तारुढ दलको तयारी छ ।
आजको छलफलपछि संविधान संशोधनको विषयमा मधेस केन्द्रित दल सहमत नभए सत्तारुढ कांग्रेस र माओवादी एकतर्फी रुपमा अघि बढ्ने तयारीमा छन् ।
प्रतिपक्षी दल नेकपा एमालेले भने अहिले संविधान संशोधनको आवश्यकता नरहेको भन्दै निश्चित आधार नभएसम्म संशोधन गर्न नहुने अडान राख्दै आएको छ ।