विपुल क्षेत्री प्रतियोगिताका विजेता घोषित

विपुल क्षेत्री प्रतियोगिताका विजेता घोषित

काठमाडौः नेपालमा होन्डा मोटरसाइकल र स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ प्रालिले आयोजना गरेको विपुल क्षेत्री कभर गीत प्रतियोगिता विजेता घोषित भएका छन् । भूषण अमात्य प्रतियोगिताको विजेता बनेका छन् ।

कम्पनीले विपुल क्षेत्रीसँगको साझेदारीमा ‘माया’ एल्बम गत जुनमा आफ्नो सोसल मिडिया च्यानलमा रिलिज गरेको थियो । आठवटा गीत रहेको एल्बमका गीत होन्डा कम्पनीले नेपाल फेसबुक पेजमा निःशुल्क डाउनलोड गर्ने सविधा उपलब्ध गराएको थियो ।

होन्डाले विपुल क्षेत्री कभर गीत प्रतियोगिता पनि सञ्चालनमा ल्याएको थियो । यसमा नेपालमा बस्ने नेपालीले विपुल क्षेत्रीको कुनै एउटा गीत गाएर कन्टेस्ट च्यानलमा अपलोड गरी प्रतियोगितामा भाग लिन सक्ने व्यवस्था गरिएको थियो ।

प्रतियोगिता अवधिभर एक ३७ जनाले सहभागिता जनाएको कम्पनीले जनाएको छ । कार्यक्रम अवधिभर अपलोड भएका हरेक कभर भिडियोको निरीक्षण विपुल क्षेत्री आफैंले गरेर विजेता छनोट गरेका हुन् । विजेता भूषण अमात्यले एक लाख रकम पाएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.