एक्सेल डेभलपमेन्ट बैंकको शाखा विस्तार
काठमाडौः एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले इलाम जिल्लाको देउमाई नगरपालिका अन्तर्गत मंगलबारे बजारमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन उद्योग वाणिज्य संघ, मंगलबारे शाखाका अध्यक्ष मातृकाप्रसाद घिमिरे र यस बैंकका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष हेमराज ढकालले संयुक्त रूपमा गरेका छन् ।
मंगलबारे बजारका ग्राहकलाई एबीबीएस, एसएमएस तथा मोबाइल बैंकिङ, रेमिटेन्स सेवालगायत अधिकांश बैंकिङ सेवा उक्त शाखाबाट प्रदान गरिने बैंकले जनाएको छ । बैंकले आर्थिक वर्ष २०७२/०७३ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशतका दरले बोनश सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव आगामी साधारण सभाबाट पारित गर्नेछ भएको छ ।
उक्त बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३८ करोड ४५ लाख ६२ हजार पाँच सय पुग्नेछ । बैंकको गत अर्थिक वर्षमा खुद मुनाफा नौ करोड ९८ लाख ४१ हजार पुगेको छ । कर्जा प्रवाह तीन अर्ब ३८ करोड रुपैयाँ छ । तीन अर्ब ८३ करोड निक्षेप संकलन गरेको बैंकका १८ स्थानमा कार्यालय छन् ।