गुहेश्वरी उत्कृष्ट करदाता
काठमाडौंः गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७१/०७२ मा उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरले ‘ग’ वर्गको वित्तीय क्षेत्रबाट गुहेश्वरी मर्चेन्टलाई सम्मान गरेको हो ।
संस्थाको तर्फबाट महाप्रबन्धक दिनेशलाल श्रेष्ठले उक्त उत्कृष्ट करदाता पुरस्कार ग्रहण गरेका हुन् । संस्थाले निक्षेप दुई अर्ब सात करोड र कर्जा लगानी एक अर्ब ८६ करोड पुर्याएको छ ।
कुल नाफा दुई करोड २९ लाख आर्जन गरेको जनाएको छ । पुल्चोकमा मुख्य कार्यालय रहेको संस्थाको चाबहिल, हेटौंडा, चारआली, वीरगन्ज र कलैयामा शाखा कार्यालय छन् ।