गरिमा विकास बैंकको रक्तदान
काठमाडौंः गरिमा विकास बैंक लिमिटेड मंगलबारदेखि दसौं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो दसौं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत केन्द्रीय कार्यालयमा आयोजना गरिएको रक्तदात कार्यक्रममा ६३ युनिट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताएका छन् । संकलित ६३ युनिट रगत रक्त संचार केन्द पोखरालाई हस्तान्तरण गरिएको छ ।
बैंकको १२ अर्ब निक्षेप र कर्जा लगानी ११ अर्ब २५ करोड छ । बैंकले केन्द्रीय कार्यालयसहित ३८ शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले बताएका छन् ।