एकतापछि राप्रपाको पहिलो बैठक सुरु
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक शुरु भएको छ ।
राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भएको एकीकरणपछि पहिलो बैठक बस्न लागेको हो । बैठकले पार्टी कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने राप्रपाका केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए । बैठकले पार्टीको भावी योजना निर्माण गर्ने श्रेष्ठले जानकारी दिए ।