पोखरामा अल्ट्रा लाइट विमान खस्यो, पाइलटको मृत्यु

पोखरामा अल्ट्रा लाइट विमान खस्यो, पाइलटको मृत्यु

पोखराः पोखरा नजिककै चापाकोट गाउँमा बुधबार बिहान अल्ट्रालाइट जहाज दुर्घटना हुँदा पाइलटको मृत्युभएको छ । एभिया क्लबको ‘नाइन एन ए एलएल' कल साइनको जहाज दुर्घटनामा परेको हो । उक्त क्लबको आफ्नै जहाज मैदानबाट उडानका क्रममा दुर्घटना भएको कास्की प्रहरीले पुष्टि गरेको छ ।

डिएसपी गजुसिद्धि वज्राचार्यका अनुसार पाइलट अलेक्जेन्डर म्याक्सीमोभको दुर्घटनास्थलमै मृत्युभएको हो । एकजना यात्रु क्यानडेली नागरिक २७ वर्षीया जिलन मेरी भोल्करको गण्डकी शिक्षण अस्पतालमा उपचार गरिएको छ ।

पाइलटले ह्यान्डग्लाइडरको डोरी तानेर उडान गर्ने क्रममा दुर्घटना भएको थियो । जहाजले भुइँ छाड्ने बित्तिकै दुर्घटना भएको थियो । पाइलट र एक यात्रुमात्रै चढ्न मिल्ने यो जहाज दृश्यावलोकनका लागि प्रयोग हुँदै आएको छ । 

तीन वर्ष अघि अल्ट्रा लाइट दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । २०७० सालको असोजमा पोखरा विमानस्थलबाट उडेको विमान पुम्दीभुम्दीमा दुर्घटना भएको थियो । दुर्घटनामा पोखराका स्टेफन श्रेष्ठ र एक चिनियाँ पर्यटकको ज्यान गएको थियो ।

पोखरा उपत्यकाको मनोरम दृष्य अवलोकन गर्न पर्यटकहरुले अल्ट्रा लाइट विमान प्रयोग गर्दछन् । सो विमानले पर्यटकलाई घुमाउन पोखरा उपत्यकामा मात्र उडान भर्दछ । एक चालक र एक यात्रु गरी दुईजना मात्र अट्ने सो विमानलाई स्थानीयले 'पुतली जहाज' नाम दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.