चोरीको आरोपमा २३ पक्राउ

 चोरीको आरोपमा २३ पक्राउ

 

लाहानः विद्युत् प्राधिकरण कार्यालय लहानले विद्युत् चोरीको आरोपमा २३ जनालाई पक्राउ गरेका छन् ।

विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले हुकिङ्ग गरी बिधुत् चोरी गरिरहेको अवस्थामा पिक्राउ गरेको हो ।

जिल्लाको बस्तीपुर, झिटकी, कमल दह, ढोढना, शोभापुर, भदैयालगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको विद्युत् प्राधिकरण कार्यालय लहानका प्रमुख माधवप्रसाद यादवले जानकारी दिए ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारबाही गरिने उनले जानकारी दिए । कार्यालय प्रमुख यादबका अनुसार, विधुत् चोरीको आरोपमा कार्यालयले साउनदेखि हालसम्म ८१ जनालाई पक्राउ गरिएको छ।

उनीहरुबाट विद्युत् मोटर, फ्रिज, टेलिभिजन, पङ्खालगायतका ५६ थान समान समेत बरामद गरिएको छ । पक्राउ परेकाबाट जरिवाना स्वरुप सात लाख ९३ हजार चारसय सङ्कलन भएको पनि उनले जानकारी दिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.