पाकिस्तानसँग बदला लिने भारतीय सेनाको चेतावनी

पाकिस्तानसँग बदला लिने भारतीय सेनाको चेतावनी

एजेन्सीः भारतीय सेनाले पाकिस्तानी सेनासँग बदला लिने बताएको छ । भारत प्रशासित कश्मीरमा भारतीय तीन सैनिकको मृत्युपछि भारतीय सेनाले त्यसको बदला लिने बताएको हो ।

पाकिस्तानी सैनिकले भारतीय सेनाको हत्यापछि शवमाथि पनि क्रुर व्यवहार गरेको भन्दै त्यसको बदला लिने चेतावनी भारतीय सैनिकले दिएको हो ।

भारतीय सेनाका प्रवक्ता कर्नेल राजेश कालियाले हत्यापछि भारतीय एक सैनिकको शवमाथि क्रुर व्यवहार प्रदर्शन भएको बताएका छन्।

पछिल्ला दिनमा भारत र पाकिस्तानी सैनिकबीच सीमा क्षेत्रमा गोलावारी जारी छ । भारत र पाकिस्तान एक अर्कालाई आरोप लगाइरहेका छन् ।

पाकिस्तानले भारतीय पक्षबाट गोली चलेपछि प्रतिरक्षा गरेको बताउदै आएको छ भने भारतीय पक्षले सीमा रेखामा प्रवेश गरेपछि जवाफ दिने गरेको बताउदै आएको छ ।

केही महिना अघि उडीस्थित सैनिक क्याम्पमा चरपन्थी हमला भएपछि भारत र पाकिस्ताबीच तनाव बढेको हो । भारतले पछिल्ला दिनमा पाकिस्तानले गर्दै आएको क्रुर हत्याको कडा प्रतिवाद गर्ने चेतावनी दिएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.