कोरियासँग खेलकुद अनुभव र सहयोग सम्झौता हुँदै

कोरियासँग खेलकुद अनुभव र सहयोग सम्झौता हुँदै

काठमाडौंः दक्षिण कोरियाको सोल महानगरपालिका अन्तर्गतको सङबुक जिल्लासँग खेलकुद, शिक्षा र सांस्कृतिक अनुभव आदान प्रदान तथा सहयोग सम्बन्धमा सम्झौता हुने भएको छ । नेपाल मार्शल आर्ट हाप्किडो संघको विशेष पहलमा सङबुक जिल्ला र रूपन्देहीको देवदह नगरपालिका लगायत विभिन्न निकायसँग दुई पक्षीय सहयोग सम्झौता हुन लागेको हो ।

त्यसका लागि सङबुक जिल्लाका अध्यक्ष जङ ह्युङ जिन लगायतको टोली नेपाल आइपुगेको छ । अध्यक्ष ह्युङ र उनको टोलीलाई नेपाल हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्ती मगर, उपाध्यक्षहरु नारायण पौडेल, सन्तबहादुर तामाङ र सुस्मिता गुरुङ तथा सल्लाहकार अक्कल तामाङ लगायतले स्वागत गरेका थिए ।

अध्यक्ष ह्युङको टोलीले यसै साता रुपन्देही पुगी देवदह नगरपालिकासँग बिवभन्न क्षेत्रमा सहयोग सम्बन्धमा सम्झौता गर्ने छ । ‘कोरियाको सङबुक जिल्लासँग खेलकुद, शिक्षा र सांस्कृतिक अनुभव आदान प्रदान तथा त्यसको विकासमा सहयोग गर्ने हिसावले हामीले नेपालका विभिन्न निकायसँग सम्झौताको पहल गरेका थियौं’, नेपाल मार्शल आर्ट हाप्किडो संघका अध्यक्ष मगरले भने, ‘त्यसअन्तर्गत देवदह नगरपालिकासँग यही साता हँुदै छ । अन्य निकायसँग पनि सहयोग सम्झौता गर्ने बारे छलफल भइरहेको छ ।’

सम्झौतापछि नेपालीहरुले दक्षिण कोरिया तथा कोरियालीहरुले नेपालमा आई यी क्षेत्रमा आआफ्नो अनुभव बाँड्ने अवसर पाउनेछन् । ‘सम्झौताअनुसार सङबुक जिल्लाले खेलकुद, शिक्षा र संस्कृतिको बारेमा त्यहाँ हुने विभिन्न सभा, सेमिनारहरुमा हामीलाई निम्त्याउने छ । नेपालमा हुने त्यस्ता कार्यक्रममा पनि उनीहरुलाई निम्त्याइने छ’, हाप्किडो संघका कुशल श्रेष्ठले भने, ‘त्यसले हाम्रो देशको शिक्षा, खेलकुद र सांस्कृतिक क्षेत्रको विकासमा सहयोग पु¥याउने छ ।’ अध्यक्ष ह्युङको टोलीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ट व्यक्तित्वहरुसँग समेत भेट गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.