‘एमालेले एनजिओको पैसा खाएर राष्ट्रवादको नारा लाउन मिल्दैन’

‘एमालेले  एनजिओको पैसा खाएर राष्ट्रवादको नारा लाउन मिल्दैन’

काठमाडौंः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले प्रमुख प्रतिपक्षी एमालेले देखाएको राष्ट्रवादमाथि प्रश्न उठाएका छन् ।

बुधबार रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री नायकले एनजिओ आइएनजिओको पैसाले पार्टीलाई व्यवस्थित बनाउने र आफूलाई राष्ट्रवादको प्रदर्शन गर्ने प्रवृत्तिले देश नबन्ने भन्दै एमालेप्रति कटाक्ष गरे ।

प्रमुख प्रतिपक्षी दल एमालेतर्फ लक्षित गर्दै मन्त्री नायकले भने, ‘मुलुकको नेतृत्वदायी भूमिकाबाट पन्छिने र आफूलाई राष्ट्रवादीको रुपमा प्रदर्शन गर्ने प्रवृत्ति हिजोआज बढ्दै गएको छ ।’

मन्त्री नायकले एमाले एनजिओ र आइएनजिओको पैसाले चलेको गम्भीर आरोप लगाएका हुन् । ‘एनजिओ, आइजिओको पैसाले तलदेखि माथिसम्म पार्टी सञ्चालन गर्ने अनि राष्ट्रवादीको ढोङ रच्ने प्रवृत्तिले देश बन्दैन ।’

उनले विदेशीको पैसा लिने र राष्ट्रवादको प्रदर्शन गर्ने प्रवृत्ति राष्ट्र र जनताको लागि दुर्भाग्यपूर्ण भएको समेत बताए ।
एमालेले राष्ट्रवादको नाममा मुलुकका विभिन्न समुदायले उठाएका मागलाई ओझेलमा पार्न खोजेको आरोप उनको छ । ‘राष्ट्रवादको नाममा जनताको जायज माग खाइदिने प्रवृत्ति हावी हुनु देश र जनताको लागि घातक छ,’ उनले भने ।

संविधान संशोधनको प्रक्रियाबाट पन्छिएर एमालेले गल्ती गरेको भन्दै उनले उसको भूमिकाले जनतालाई तीतो अनुभूति गराएको बताए । ‘एमालेजस्तो जिम्मेवार पार्टीले संविधान संशोधन प्रक्रियामा भाग लिन्न भन्न सुहाउँदैन ।’

मन्त्री नायकले पूर्वाग्रह नराखी राष्ट्रको आवश्यकता र समस्यालाई ध्यानमा राखेर सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.