'एमालेको दम्भका कारण मुलुक टुक्रिने खतरा'

'एमालेको दम्भका कारण मुलुक टुक्रिने खतरा'


सांसद भत्ता बढ्दा सदनमा एक शब्दनबोल्ने एमालेले सडकमा भातृसंगठन उतारेर तमाशा देखाईरहेको छ

काठमाडौः संघीय समाजवादीफोरम नेपालका सांसद एवम् केन्द्रिय सदस्य डा. विरेन्द्र महतोले संविधान संशोधनको विषयलाई लिएर प्रमुखप्रतिपक्षीदल नेकपाएमालेले जथाभावीप्रतिक्रियादिएर सिँगो मधेश र मधेशीजनताको अपमान गरेको भन्दै गुनासो पोखेका छन् ।

बुधबार विहानआफ्नै निवासमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा सांसद डा. महतोले मधेशीमोर्चा सम्मिलित संघीय गठबन्धनले उठाएका माग संविधान संशोधनमार्फत पूरा गर्न एमालेले आनाकानीमात्रै नगरेर सिँगो मधेश र मधेशीजनताहरुमाथि अपमानपूर्ण व्यवहार गरेको भन्दै आक्रोश पोखेका छन् ।

उनले अघि थपे,“यो देशको ठेक्काएमालेले लिएको हो र ?एमालेका नेताहरुले अहंकार पालेर बोल्ने गरेका छन्, एमालेकै कारण यो देश टुक्रिने खतरा छ ।”उनले एमालेका नेताहरुले खोक्रो राष्ट्रवाद प्रदर्शन गरेको समेत आरोप लगाए । डा. महतोले भने,“एमाले र यसको नेतृत्वकिनमधेशका समस्यालाई ग्रहण गर्न हिचकिच्चाहट गरिरहेका छन ?हामीलाई त आश्चर्य लागेको छ ।”

प्रधानमन्त्रीनिवास बालुवाटारमासोमबार साँझबसेको प्रमुखतीनदलकाँग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा मधेशीमोर्चाले भनेजस्तोगरि संविधान संशोधनहुनै नसक्ने भनेर एमालेका नेताहरुले बैठकबाटै बाहिरिएको खबर सार्वजनिकभएलगत्तै सांसद महतोले बुधबार सञ्चारकर्मीसँग एमाले र यसको नेतृत्वमाथिआक्रोश पोखेका हुन् ।

उनले अघि थपे,“मधेशीजनताले अधिकारको लागि धेरै पटक संघर्षको लडाई लडेका छन्, तर एमालेले किन यस्तो दम्भ देखाईरहेको छ, यो हामीले बुझ्न सकेका छैनौं, अब पनिएमालेले दम्भपालेर बस्छ भने त्यो उसकै लागि घाटा हुन्छ ।”

एमालेको यस्तै स्वभाव र व्यवहार रहिरहे सिँगो मधेशीजनताबाध्यभएर छिट्टै स्वतन्त्रमधेशको मागमाउत्रिने खतरा सांसद डा. महतोले औंल्याए । उनले मधेशमा अब एमालेलाई बहिष्कार गर्ने समेत चेतावनीदिए । महतोले अघि थपे,“अबमधेशी नेतातथाकार्यकर्ताहरुमादुई वटा विकल्प छ,किएमाले बहिष्कार गर्नुपर्यो कि त जिन्दगीभर एमालेको गुलामबन्नुपर्यो ।”उनले मधेशीजनताले एमालेको चरित्र राम्रोसँग नबुझे जिन्दगीभर पश्चातापगर्नु शिवाय अरु केहीविकल्पनरहने बताए ।

त्यस्तै सांसद डा. महतोले एमालेले सडक र सदनदुवै ठाउँमा नाटकमञ्चन गरिरहेको समेत आरोप लगाए । उनले सांसदहरुको तलबभत्ता बढाउँदा एक शब्दपनित्यसको विपक्षमाप्रतिक्रियावा टिप्पणी नगरेको एमालेले सडकमा भातृ संगठन उतारेर राम्रै नाटक मञ्चन गरेको आरोप लगाए ।

उनले अघि थपे,“सांसदहरुको सेवा सुविधा बढाउने कुरामा एक शब्दनबोल्ने एमालेले सडकमा भातृ संगठन उतारेर के तमासा देखाईरहेको छ भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ, अब अतिभयो ?”
प्रधानमन्त्रीपुष्पकमलदाहाललाई सङ्घीय गठबन्धनको तर्फबाट दिइएको १५ दिने अल्टिमेटमको समयावधिसमेत सकिनलागेको चर्चा गर्दै आफूहरु शालिनभएर प्रस्तुतहुँदै आएकोमा ठूला भनाउने दलहरुले मधेसको भावनामाथि खेलवाड गर्ने कामगरिरहेको आरोप उनको आरोप थियो ।

मधेस आन्दोलन र मधेसको मागअन्तर्रा्ष्ट्रियस्तरमासमेत स्थापितभइसकेको बताउँदै डा. महतोले भने, ‘मधेसी जनताको कठोर आन्दोलन र बलिदानीलाई खेर जानदिने छैनौँ, मधेसको हकअधिकार संविधानमाउल्लेख नभएसम्म यो संविधानऔचित्यहीनहुनेछ ।'

उनले अस्तित्व, स्वाभिमान र पहिचानकालागिमधेसबाट सुरु भएको आन्दोलनले राष्ट्रिय आन्दोलनको स्वरुप ग्रहण गरिसकेको बताउँदै यो आन्दोलनलाई दुनियाँको कुनै पनिताकतले दबाउननसक्ने ठोकुवा गरे । महतोले आफूहरुले उठाएको मागसम्बोधननगरे राज्यले यसको ठूलो मूल्यचुकाउनुपर्ने अवस्थासिर्जनाहुने बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.