माइक्रोबाट खस्दा पूर्व उपप्रधानमन्त्री केसी घाइते

माइक्रोबाट खस्दा पूर्व उपप्रधानमन्त्री केसी घाइते

काठमाडौंः राष्ट्रिय जनमोचा पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी दुर्घटनामा परेका छन् । बुधबार मैतिदेवीबाट कपनस्थित पार्टीको बैठकमा जाने क्रममा केसी माइक्रोबसको ढोकाबाट खसेर घाइते भएका हुन् ।

केसीका भतिजा हिरा शर्माका अनुसार रातोपुल नजिकै माइक्रोबसले सडकको लेन तोडेर भाग्ने क्रममा ब्रेक लगाउँदा अकस्मात माइक्रोको ढोका खोलिएपछि केसी सडकमा खसेका हुन् ।

सडकमा खसेलगत्तै केसी अचेत अवस्थामा पुगेका थिए । स्थानीय र प्रहरीले उनलाई दुर्घटना गराउने माइक्रोमै राखेर प्रहरी कार्यालयमा पुर्‍याएका थिए ।

प्रहरी कार्यालयमा पुगेपछि होस खुलेका केसीलाई थप उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पुर्‍याइएको थियाे । 

केसीका सहयोगी दुर्गा शर्माका अनुसार केसीको स्वास्थ्य अवस्था सामान्य छ । केसीले आफूलाई चिकित्सकले कुनै खतरा नभएको बताएका छन् । केसीका सहयोगी शर्माले भने, ‘उहाँले अस्पतालबाटै स्वास्थ्य अवस्थाप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.