भारतमा छ जना माओवादी मारिए
नयाँदिल्लीः पूर्वी भारतको जङ्गल इलाकामा बुधबार प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो झडपमा कम्तीमा छ सशरुत्र लडाकू मारिएका एक प्रहरी अधिकारीले जानकारी दिएको छ ।
झारखण्ड राज्यको लटेहार जिल्लामा बुधबार विहान प्रहरीले जारी गरेको खोजी अभियानको क्रममा माओवादी लडाकूहरुले आक्रमण गरेपछि जवाफी कारबाहीमा उनीहरुको मृत्यु भएको हो ।
‘घना जङ्गल भएको सो क्षेत्रमा विगत १५ वर्षदेखि विद्रोही समूह क्रियाशिल रहेको छ,’ प्रहरी निरीक्षक अनुप बर्थरायले बताए । “प्रहरीको जवाफी कारबाही झण्डै ४५ देखि ५० मिनेटसम्म चलेको थियो, हामीले माओवादीको आफ्नै कालो पोशकमा रहेका छ जनाको शव नियन्त्रणमा लिएका छौं,” उहाँले एएफपीलाई टेलिफोनमार्फत जानकारी दिए ।
‘हामीले छ ओटा हतियार र झण्डै पाँच सय राउण्ड गोलीका खोका नष्ट गरेका छौँ” उनले भने । विगत एक दशकदेखि माओवादी विद्रोहीहरुले सरकारविरुद्ध लड्दै आइरहेका छन् । रासस/एएफपी