सांसदको तलव वृद्धिविरुद्ध विद्यार्थी सडकमा

सांसदको तलव वृद्धिविरुद्ध विद्यार्थी सडकमा

काठमाडाै‌ः  सांसदको तलबभत्ता बढाउने निर्णयविरुद्ध विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु ९क्रान्तिकारी०लगायत १३ विद्यार्थी सङ्गठनले आज दिउँसो रत्नपार्कस्थित शान्तिकाटिकामा सांसदको तलवभत्ता वृद्धिविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरूले सांसदको वृद्धि तलब तत्काल फिर्ता गरिनुपर्ने माग राखेका छन् ।

प्रदर्शनमा ‘सांसदको वृद्धि सुविधा अविलम्ब फिर्ता गर, संविधान कार्यान्वयनमा ध्यान देउ' ‘राष्ट्रिय सहमतिका लागि राजनीतिक दल एक हौँ’ भन्ने नारा लगाएका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले जनहितविपरीत गरिएको सांसदको तलबभत्ता वृद्धि फिर्ता गरिनुपर्ने बताए ।

उनले वृद्धि तलब फिर्ता नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए ।

अखिलका अध्यक्ष नविना लामाले जनताको गाँस, बासको व्यवस्था नभएको अवस्थामा सांसदको तलववृद्धि गर्नु लज्जास्पद भएको भन्दै अविलम्ब वृद्धि तलव फिर्ता गर्नुपर्ने विचार व्यक्त ग।िन् ।

वैद्य निकटका अनेरास्ववियु (क्रान्तिकारी) सहसंयोगक राम नेपाली, अखिल (छैठो)का अध्यक्ष विमल पोखरेललगायतले सांसदको तलववृद्धि नेपाल र नेपालीका हितविपरीत भएकाले फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।,

भूकम्प र नाकाबन्दीले जनता थिलोथिलो भएका बेला वेमौसमी ढङ्गले आफ्नो तलव आफैं बढाउने सांसदहरूको गैरजिम्मेवार निर्णयविरुद्ध आन्दोलन थालिएको अनेरास्ववियु उपाध्यक्ष महेश बतौलाले जानकारी गराए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.