सर्लाहीको आगलागी नियन्त्रण

 सर्लाहीको आगलागी नियन्त्रण

काठमाडौंः सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका २ मा भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागी हुँदा १५ लाख भन्दा बढीको क्षति पुगेको छ ।
सशस्त्र प्रहरी बल, प्रहरी तथा स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका हुन् ।

मेघबहादुर भुजेलको काठको दुई तले घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा अन्नपात लगायतका सामानहरु जलेको छ ।

जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल सुरक्षा बेस सागरनाथबाट एपीएफ टोली खटिई गई आगलागी नियन्त्रणमा खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

त्यस्तै यसैगरी कैलाली जिल्लाको अत्तरिया नगरपालिका १३ स्थित अत्तरिया चोकमा रहेको एक जुत्ताचप्पल पसलमा मंसिर ७ गते विद्युती तार सर्ट भई आगलागी हुँदा करीब १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।

त्यस्तै कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ५ समितिचोक बस्ने दुर्गा गौतम र लिला लामिछानेको फुसले छाएको घरमा मंसिर ७ गते एक्कासी आगलागी हुँदा दुई वटा घरहरु जली पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा तथा भाँडाकुँडा जली करीब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.