कारको ठक्करबाट साइकलयात्रीको मृत्यु

कारको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुरुङ्गा झापाः पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कन्काई नगरपालिका–१ मा आज अपराह्न कारको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १५ च ३३८३ नम्बरको कारले बाटो काट्ने क्रममा साइकलयात्रीलाई ठक्कर दिँदा कन्काइ नगरपालिका–२ का ५२ वर्षीय सूर्य उप्रेतीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उप्रेतीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा अपराह्न ३ बजे मृत्यु भएको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.